डम्बर शाही
दैलेख

आज विश्व कोभिड १९ बाट अक्रान्त छ चर्चाहुदैछ । तेश्रो विश्व युद्ध हो भनेर मानव जाती इतिहाँसकै गम्भीर मोडमा छ । यसका लागि लकडाउन सामाजिक दुरी कायम गरेर क्षति न्यूनीकरण को उपाय अपनाइदै छ । चिनको वुहानबाट सुरु भएको कोरना आज चिनियाँ जन जीवन सामान्य स्थितिमा फर्किदैछ भने विश्व भर दिन दुई गुणा र रात चौगुना को दरले फैलिदो क्रम मा छ । विश्वकाे ठूला जनसंख्या भएका देश हरुको बिचमा रहेकाले हामी त्यसमा अक्षुता रहन सकेनौं राज्यले जुन गतिमा तयारी गर्नु पर्थ्यो त्यो भएको छैन । असाध्यै सुस्त गतिमा छ अर्थात कछुवा गतिमा जब हामी संकट मा जुधिरहेका छौं त्यही अवसर पारेर छीमेकी मित्रराष्ट्र भारत ले लिपुलेखमा आफुखुसी सडक उद्घारटन गरेको छ ।

त्यो अत्यन्तै गैरजिम्मेवार पूर्ण छ, असहिय छ । नेपाली मनका लागि कुनै बहानामा स्वीकार्य छैन । एकातिर भने, अर्को तिर मित्रराष्ट्र चीन का नागरिक बाट सिंहदरवार को मुल गेटमा नेपाली सुरक्षा कर्मी माथी हात पात भएको छ । संयोग मात्र हुन जान्छ दुइटै शक्तिशाली छिमेकी बाट प्रहार भएको छ । नाङ्गो रुपमा नेपाल सरकार चिर निन्द्रामा निदाइ रहेको अनुभूति हुन्छ । भने अर्को तिर चिनको एउटा राष्ट्रिय पत्रीकाको हेडलाईन मा सगरमाथा चिनको दाबी गरीरहेको छ । लामो संघर्ष मार्फत प्राप्त संघियलोकतान्त्रीक संविधान नेपाल को राष्ट्रियता माथी यति ठूलो प्रहार इतिहाँसमा पहिलो पटक भएको भान यत्रतत्र सर्बत्र हुदैछ । संविधान को स्प्रीट सार्बभौमसत्ता राष्ट्रिय अखण्डतामा यति ठूलो स्खलन आउदा राज्य मुखदर्शक भएको देख्दा वर्तमान प्रधानमन्त्री ज्यु को चुनाव अगाडिको प्रतिबद्धतामा ब्रेक लागेको छ ।

अन्त्यमा चुनाव अगाडि गरीएका तमाम पर्तिबदता आज पूरा हुन परै जाओस बेवास्ता गरीएका छ्न ।रोजगारीको विषयहोस या समृद्धिका दिवासपना पत्रकार माथी धरकपट गरिएको छ । राष्ट्रवादी हरुलाइ खोरमा जाकिदैछ प्रेस स्वतन्त्रता र मानव अधिकारको खिल्ली उडाइएको छ । भ्रष्टाचार, बलात्कार कान्ड, सुन तस्करी काण्ड, निर्मला बलात्कार काण्ड, सांसद अपहरण काण्ड ले गणतान्त्रिक व्यवस्थाको विरुद्धमा सोच्न पर्ने बेला आएको छ । त्यसैले वर्तमान सरकारले माथी उल्लेखित बिसयमा समयमा सोचेन भने भिरमा हाम फाल्ने गोरुलाइ राम राम भन्न सकिन्छ कान थाप्न सकिँदैन बर्बादी युवाको भविस्य र राष्ट्रियताप्रती जसरी गरीदैछ त्यसले तत्काल सरकारको विकल्पको आन्दोलनको आधिबेहेरी सृजना हुनेछ रोक्न सकिने छैन ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

देशमा सुशासनको प्रत्याभूति दिलाउने कानुन हाे : प्रधानमन्त्री दाहाल

काठमाडौँ ।  प्रधानमन्त्री दाहालले देशमा सुशासनको प्रत्याभूति गर्ने माध्यम