काठमाडौँ । झण्डै एक सय किलो सुन तस्करीमा संलग्न रहेको आरोपमा अहिलेसम्म १० जना पक्राउ परेका छन् । एक–एक जना भारतीय र चिनियाँ नागरिकसहित १० जना पक्राउ परेका हुन् । राजस्व अनुसन्धान विभागका अनुसार पक्राउ पर्नेमा कार्गो र कुरियर सेवा दिने कम्पनीका सञ्चालक पनि छन्।

विभागका महानिर्देशक नवराज ढुङ्गानाले जसको नाममा सुन आएको थियो त्यही कम्पनीको सामान यसअघि पनि ल्याउने र लैजाने कार्यमा सक्रिय रहेको देखिएपछि उनीहरुलाई पक्राउ गरिएको बताए । पक्राउ परेका कार्गो तथा कुरियर सेवा दिने कम्पनीका तीन जना सञ्चालकहरूको नाम भने विभागले सार्वजनिक गरेको छैन ।

अवैध सुन प्रकरणमा पक्राउ परेका १० जनामध्ये छ जनालाई उच्च अदालत पाटनबाट १० दिनको म्याद लिएर अनुसन्धान थालिएको छ । चिनियाँ नागरिकसहित चार जनालाई भने आज म्याद थप गरिने विभागले जनाएको छ । यो प्रकरणमा चिनियाँ र भारतीय नागरिक पक्राउ परेसँगै चीनदेखि भारतसम्मको गिरोह सक्रिय रहेको खुलेको छ ।

नेपाली गिरोह पत्ता लगाउन अनुसन्धान भइरहेको छ । नेपाली मुख्य नाइके खोज्न अनुसन्धान भइरहेको राजस्वका अधिकारीहरूको भनाइ छ । भन्सार विभागले सुन जाँचपासका क्रममा कर्मचारीको संलग्नता र घटनाका विषयमा छानबिन गर्न विभागका निर्देशक मानबहादुर पौडेलको संयोजनमा ६ सदस्यीय समिति बनाएको छ । प्रहरीले पनि अनुसन्धान अघि बढाएको छ । Everestmission

About the author

'सत्य बाटो, नयाँ खोज'- 'तिब्र खबर, सूचना र सञ्चार' सारथी संसार डट कम मा जोडिनु भएकोमा यहाँलाई हृदयको अन्तस्करण देखि स्वागत छ । देश र जनतामा समर्पित सारथी संसार सदैब तपाईंहरुको सुझाव, सल्लाहलाई रचनात्मक रुपमा सिरोपर गर्दै अगाडि बढ्ने छ । थप समचारका लागि तलको लिंकमा थिच्नु होस । धन्यवाद ।।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

आठबीसमा पहिलो स्लो बाईक रेस प्रतियोगिता सम्पन्न

दैलेख । आठबीस नगरपालिका वडा नं. ०४ राकम