काठमाडौँ । कतारको श्रम तथा सामाजिक विकास मन्त्रालयले अदक्ष श्रमिकको न्यूनतम तलब कम्तिमा एक हजार कतारी रियाल (३० हजार रुपैयाँ) तोकेको छ ।

मन्त्रालयले न्यूनतम पारिश्रमिकसँगै ५ सय कतारी रियाल बस्नका लागि र ३ सय रियाल खानका लागि तोकेको हाे। यो नियम यसअघि करार सम्झौतामा उल्लेख गरे पनि दिने भने गरिएको थिएन । अब कतार जाने श्रमिकले खान, बस्न र मासिक तलबसहित न्यूनतम १८ सय कतारी रियाल पाउने भएका छन् ।

कतारले रोजगार परिवर्तन गर्नका लागि रोजगारदाताको अनुमति (रिलिज पेपर) चाहिने बाध्यकारी नियमलाई पनि हटाएको छ । यो घरेलु श्रमिकको हकमा पनि लागू हुनेछ ।

यो तलब कार्यान्वयनमा आएपछि कतार सबैभन्दा बढी न्यूनतम तलब दिने रोजगारदाता मुलुक बन्नेछ । नेपाल सरकारले २०१३ देखि अदक्ष श्रमिकका लागि न्यूनतम तलब ९ सय रियाल र खानाबापत तीन सय रियाल गरी १२ सय रियाल निर्धारण गरेको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

कर्णाली प्रदेश समाजले प्रेम गीत ३ को प्रदर्शन गर्दै

भौगोलिक रुपमा नेपालकै बिकट मानिने कर्णाली प्रदेशका विभिन्न