सुर्खेत । शुक्रबार बिहान ८ बजेबाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि कर्णालीका ३८ हजार ९७० जना विद्यार्थीहरू सहभागी हुँदैछन् ।

१७९ वटा परीक्षा केन्द्र रहेको कर्णालीमा १९ हजार ३०१ जना छात्र र १९ हजार ६७९ छात्राले आज एसईई दिन लागेका हुन् ।शिक्षा विकास निर्देशनालय कर्णाली प्रदेशका निर्देशक दीपा हमालका अनुसार परीक्षार्थी सङ्ख्या १० जिल्लामध्ये सबैभन्दा बढी सुर्खेत र सबै भन्दा कम डोल्पामा रहेका छन् ।

३२ वटा परीक्षा केन्द्र रहेको सुर्खेतबाट ९ हजार १३९ विद्यार्थी एसईई परीक्षामा सहभागी हुँदैछन् । ३ वटा परीक्षा केन्द्र रहेको रुकुम पश्चिममा ४ हजार २१६ विद्यार्थी र २५ वटा परीक्षा केन्द्र रहेको सल्यानबाट ४ हजार ९८३ विद्यार्थीले परीक्षा दिँदै छन् ।

हिमाली जिल्लाहरूमा भने विद्यार्थी र परीक्षा केन्द्रको सङ्ख्या न्यून रहेको छ । ६ वटा परीक्षा केन्द्र रहेको हुम्लामा १ हजार २३४ विद्यार्थीले एसईई परीक्षा दिँदै छन् । यस्तै मुगुका ७ परीक्षा केन्द्रमा १ हजार ६६६, डोल्पाका ४ परीक्षा केन्द्रमा ६९८ जना परीक्षार्थी रहेका छन् । यस्तै २१ वटा परीक्षा केन्द्र रहेको कालिकोटमा ३ हजार ७६६, १७ परीक्षा केन्द्र रहेको जुम्लामा २ हजार ८७७ जना परीक्षार्थी रहेका छन् । २० वटा परीक्षा केन्द्र रहेको जाजरकोटमा ४ हजार ६५६ र २४ वटा परीक्षा केन्द्र रहेको दैलेखमा ५ हजार ७३५ परीक्षार्थी रहेका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

आठबीसमा पहिलो स्लो बाईक रेस प्रतियोगिता सम्पन्न

दैलेख । आठबीस नगरपालिका वडा नं. ०४ राकम