काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले तमु ल्होसार जस्तो पर्वबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुनाका साथै बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेकी छन्।

आज तमु ल्होसार पर्वका अवसरमा शुभकामना सन्देश दिँदै उनले यस पर्वले सम्पूर्ण नेपालीमा नयाँ उत्साह तथा उमङ्ग छर्दै सभ्य, सुसंस्कृत र प्रगतिशील समाज निर्माणमा अग्रसर हुन प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेकी हुन् । राष्ट्रपतिले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य र दीर्घायुको शुभकामना व्यक्त गरेकी हुन्।

सन्देशमा भनिएको छ, “मुलुकको मौलिक सांस्कृतिक सम्पदाको संरक्षण तथा संवद्र्धन गर्दै पर्यटन प्रवद्र्धनमार्फत आर्थिक र सामाजिकरूपमा समृद्ध मुलुक निर्माण गर्नसमेत गुरुङ समुदायले निर्वाह गर्दै आएको भूमिका प्रशंसनीय छ ।”

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

आठबीस नगरपालिकाको १२औं नगर सभा उद्यघाटन

दैलेख । आठबीस नगर सम्मुन्नतिको आधार शिक्ष, स्वास्थ्य,