काठमाडौँ । नेपाल क्रिकेट संघ ( क्यान ) को आयोजना हुने नेपाल प्रिमियर लिग ( एनपीएल ) को पहिलो संस्करण आज ( शनिबार) देखि सुरु हुँदै छ ।

प्रतियोगिताको उद्घाटन खेलमा आज विराटनगर किंग्स् र जनकपुर रोयल्सबीच प्रतिस्पर्धा हुँदै छ । प्रतियोगिताको अघिल्लो दिन ( शुक्रबार ) आयोजित पत्रकार सम्मेलनमा विराटनगर किंग्स्का कप्तान सन्दीप लामिछानेले मैदान बाहिर आफू र जनकपुर रोयल्सका कप्तान अनिल साह साथी भए पनि मैदानभित्र प्रतिस्पर्धी रहेको बताए ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यो खेल मध्याह्न १२ः१५ बजेदेखि सुरु हुनेछ । आगामी पुस ६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा कुल आठ टिमले प्रतिस्पर्धा गर्दै छन् ।

प्रतियोगिताको पहिलो संस्करणमा विराटनगर किंग्स्, जनकपुर बोल्ट्स, चितवन राइनोज, काठमाडौँ गुर्खाज, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्यले प्रतिस्पर्धा गर्दै छन् ।

सिंगल राउन्ड रोबिन लिग पद्दतिमा हुने प्रतियोगितामा कुल ३२ खेल हुनेछन् । जसमा लिग चरणमा २८, प्लेअफमा तीन र फाइनलको एक खेल समावेश छन् ।

About the author

'सत्य बाटो, नयाँ खोज'- 'तिब्र खबर, सूचना र सञ्चार' सारथी संसार डट कम मा जोडिनु भएकोमा यहाँलाई हृदयको अन्तस्करण देखि स्वागत छ । देश र जनतामा समर्पित सारथी संसार सदैब तपाईंहरुको सुझाव, सल्लाहलाई रचनात्मक रुपमा सिरोपर गर्दै अगाडि बढ्ने छ । थप समचारका लागि तलको लिंकमा थिच्नु होस । धन्यवाद ।।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

मोतियाँ विन्दु छनोट तथा अप्रेशन शिविर समुद्धघाटन समारोह सम्पन्न

दैलेख । आठबीस नगरपालिका वडा नं. ०४ राकम