काठमाण्डौं । (आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो,
इन्द्रै विन्ती गरुन् झुकेर पाउमा त्यो विन्ती मान्दैन त्यो,)

विरामी भएर काठमाण्डौं आई टिचिङ उपचार गराईरहेका आठबीस नपा. वडा नं. ९ दैलेखका देवीराम सिजापतीको अल्पायुमै असोचनिय दुखद् निधन भएको छ ।

श्री पशुपति मावि छेपाडिमा अध्यापन गराईरहनु भएका सिजापतिको उपचारका क्रममा टिचिङ अस्पतालमा दुखद् निधन भएको हो । वडा नं. ९ ले यति खेर एउटा शिक्षाको आधार स्तम्भ गुमाएको छ । यस असोचनिय गटनाले सारा आठवीस नगरलाई नै स्तव्ध तुल्याएकाे छ । समाज परिवर्तनका लागि सधैं एक कदम अगाडि सर्ने सिजापति आठबीसका एक अगुवा, साथै अभिभावक पनि हुन् । उनको पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।

समाजको एक स्तम्भ ढलेको यस घडिमा मृतक आत्मा र सोक सन्तप्त परिवारजन, हामी सबैमा ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रधान गरुन साथै मृत आत्माको बैकुण्ठमा बास होस ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

आठबीसमा पहिलो स्लो बाईक रेस प्रतियोगिता सम्पन्न

दैलेख । आठबीस नगरपालिका वडा नं. ०४ राकम