पुषको अन्तिम दिन बेलुका ४ बजेतिर मेरो यात्रा सुरुभयो एक अपरिचित गाउँ जहाँ म पहिले कहिल्यै गएको थिँएन । त्यही गाउँमा पहिलोपटक जाँदै थिँए । म संग मेरा दुई आत्मीय मित्रहरु पनि थिए । साथिकै ससुराला जाँदै थियौं । बेलुका तिरको बस भेट्टाउने हिसाबले कोठाबाट निस्किएका हामी अन्तिम बसमा चढ्यौं । बस भित्र यात्रिहरुको भिडले उभिने समेत ठाउँ थिएन । त्यसैमा भएपनि कोचिएर जानु वाहेक अरु कुनै विकल्प थिएन । बस भित्र पनि हामीले एक आपसमा कुरा गर्ने त, के ! देख्न नि पाइएन । यात्रा गर्दा जोसंगपनि कुरा गर्नुपर्ने वाध्यता मेरो यो पटक भने चुपचाप उभिनु पर्ने नै थियो । बस भित्र गितहरु गुञ्जीरहेका थिए । बस निरन्तर गुडिरहेको थियो बिचबिचमा यात्रीहरु कोहि झर्ने त, कोहि चड्ने क्रम जारी नै थियो । मनले कोहि झर्दा खेरी सिट पाइन्छ कि ? भनेर आश त, मानिरहेकाे थिँए तर अह ! कतै पाएँन । रात पारिसकेको थियो बस भित्र पनि बत्ति थिएन, जताततै अँध्यारो अनि हेर्दा अपरिचित अनुहार मात्र देखिन्थे । त्यो दिन यात्रीहरुको भिँडभाड हुनु स्वभाविकै थियो ।

भोलिपल्ट माघी पर्व थियो सबै जना आ-आफ्नो घर जान आतुर जस्तो देखिन्थे, त्यस्तै एक आपसमा कुरा पनि गर्थे भोलि कता जाने ? के गर्ने ? भनेर यस्तै-यस्तै अरुकै गफहरु सुनेरै लगभग २-३ घण्टाको यात्रा सकियो बसभित्र चड्ने भन्दा झर्ने को सङ्ख्या धेरै देखिन्थ्यो । अनि यत्तिकैमा हामी तीन पनि अलिक नजिक भयौं । पछि बसभित्र केही सिट्पनि खाली जसो देखिन्थे कुरा गर्नु भन्दा पहिला हामिले सिट्मा बस्ने प्रयास गर्यौ । म उभिरहेको बायाँ तिर एकजना लेडिज बसिरह्नु भएको थियो ।उहाँलाइ नै इशारा गर्दै भने के यो सिट खाली छ ? बस्न मिल्छ ? भने, म पनि कस्तो एक सिट खाली छ, बस्नुको साटो बस्न मिल्छ ? भन्दै सोद्धै थिँए । हुन्छ किन बस्न नमिल्नुनि, बस्नुहोस भन्दै आग्रह गरिन, त्यही सिट्मा बसे अनि मेरो जस्ट आगाडिको सिट्मा गोबिन्द र पछाडि को सिट्मा अमर बसेका थिए । २-३ घण्टापछि एक भयौं हामी उनिहरुसङ्ग भन्दा नि छेउमा बसिरहेकि केटिसङ्ग कुरा गर्न पाको भए भन्दै सोच्दै थियाैं । कसरि कुरा सुरुवात गर्ने ? के सोध्ने ? यस्तै यस्तै कुरासँग मनमा खेलिरहेको थियो । अनि उत्तिकै डर पनि लागिरहेको थियो । केही समयपछि कुरा परिचयबाट नै सुरुवात भयो ।

सबै कुराहरू एक-एक मनभित्र बाँकी नराखेर भन्न थालिन्, अनि त्यस्तै आदर्शवादी कुरा पनि गर्न थालिन, म उनको कुरा सुन्दासुन्दै कता हराइरहेको थिँए । केही प्रेरित पनि बनिरहेको थिए । उनका कुरा गरेको सुन्दा मलाई यस्तो लाग्यो कि उनी पनि कुरा गर्ने मान्छे नपाएर भएभरिका कुरा मसंगै गरिरहेकी छ्न् । बिस्तारै मैले पनि उस्तै कुराहरु गर्न थाले । कुरा गर्दैगर्दा अब हामि झर्ने ठाउँ लगभग नजिकै आउदै छ, भनेर उनले भनिन । एकै ठाउँ झर्नु पर्ने गाउँ पनि एउटै तर बिहान भेट गरेर कुरा गर्न पाको भए राम्रो हुन्थ्यो भनेर सोंचिरहेको थिँए । यो हाम्रो अन्तिम कुरा होला है भोलि त भेट भएर पनि कुरा हुँदैन म त झन चिन्न नै सक्दिन्, नयाँ मान्छे सबैलाई नयाँ नै देख्छु, यी सबै कुरा गर्नुको रहस्य अब उनको नम्बर पाउनु थियो । अनि झटारो हान्दै तिम्रो नम्बर देउन है हामीलाई कतै काम लाग्छ । चिनेको पनि तिमी वाहेक कोहि छैन । यो गाउँमा मैले भने उनले पनि हुन्छ भन्दै नम्बर दिइन् । अनि मैले पनि दिए र भने बिहानपख फोन गर्छु । हामिलाई घुमाउनु पर्छ है ! हुन्छ यो उनको उतर थियो । बस रोकियो, हामी झर्ने ठाउँ नि आयो अब भोलि पल्ट भेट गर्नुपर्छ है भन्दै बिदा भयौं ।

अनि हामिलाई घरसम्म लिन भनी सडक सम्म कोहि मान्छे आएका थिए हामी उनिहरुलाई पछ्याउँदै घरसम्म पुग्यौं । सबैलाई आदर सम्मान गरेपछि कोठा भित्र आराम गर्यौ, खाना खायौं करिब रातको १० बजिसकेको थियो । सुत्न भनी कोठामा गएका हामी बाटोभरि भएका सबै कुराहरू गर्न थाल्यौं । मैले नि सुनाए ती कुराहरू जे -जे भएका थिए सबै, अनि दुबै जना गदगद हाँस्न थाले उत्तिकै तारिफ नि गर्दै,अनि यात्रा सफल तपाईंको भयो भन्दै मक्ख बनाउन थाले । बिहान चाँडै घुम्न जानुछ, रात पनि अबेर भैसक्यो सुतम् भने । साथीहरू चाहिँ मज्जाले सुते तर आफू भने भावनामा डुब्न थाले त्यही यात्रा को कुरा सम्झेर सुत्ननै सकिन । बिहान करिब ७ बजे तिर उठेपछि सबै नित्यकर्म सक्यौं अनि गाउँघुम्न जाने भन्दै निस्कियौं । तर बिहानिको हुस्सुले केही पनि देखिदैन थ्यो ।चिसो नि उत्तिकै यस्तै क्रममा हामी घुम्दै फिर्दै फेरि घरमा आयौं ।

खाना खाना खायौ अनि आज १ गते माघि मेला लाग्छ, जानुपर्छ दिउँसो भन्दै फेरि मेला लाग्ने ठाउँसम्म पुग्यौं । बाटोमा सुटुक्क एक कल गरें हामी मेला लाग्ने ठाउँमा जाँदै छौ, जाने होइन ? फोनमा भने, जाँदिन अहिले भन्दै कुरा गर्न थालिन, त्यसो भा हामी एक्लै जान्छौं भनि गयौं । मेला सुरु हुन लागेको थियो । मानिसहरु आउँदै थिए । हामी भने आज नै फर्किनु पर्ने भएकाले मेला हेर्ने मौका गुमायौं । बसको पर्खांईमा बसेका हामी चौतारी मै बेलुका ४ बजेसम्म पनि गाडी आएन मन आत्तिरहेकाे थियो । जसरी नि आज सुर्खेत नपुगे भोलिको काम छुट्ने पक्क थियाे । ४:३० बजेतिर एउटा हाइस आयो सुर्खेत, त्यही हाइसमा चडेर गयौं बिच बाटो पुग्दा फोन बजिरहेको थियो । हेरे त्यही नम्बर, उठाएँ कहाँ हुनुहुन्छ ? मेलामा आउनुन रमाइलो भैरहेको छ, उनले भनिन,सरि म सुर्खेत पुग्न लागे सक्दिन यतै भेटमला भन्दै फोन राखें । अनि हामी त्यो रात पनि सङ्गै बस्यौं, अनि रमाईलो गफगाफ यस्तै गरेर हाम्रा दिनहरु अध्यायन, अध्यापनमा नै बिते बिचमा कयौं पटक फोन गरें, भेट सफल भएन सुर्खेत हुँदानी भेट भएन तर पनि उनिप्रतिको माया भने कायमै थियो, तर त्यति चासो भने थिएन ।

बैशाख १, २०७७ को शुभकामना संदेश म्यासेज मा सबैलाई पठाइरहेको थिँए उनको नम्बर नि सेभ नै थियो पठाएँ, केहिछिनमै उताबाट धन्यवाद लेखेको म्यासेज मोबाईलमा देखापर्याे अनि फोन पनि,उठाएँ उतैबाट को बोल्नु भाको नि ? सोधिन, मैले नि नढाटी सबै कुरा भने,आजसम्म कता हराउनु भाको थ्यो निष्ठुरी मन भाको मान्छे ? भन्दै प्रश्न तेर्सियो, मैले नसम्झिनुको एक-एक कारण भने, यस्तै कुराहरू हुँदै गए त्यो दिन देखि, बिस्तारै मायाको अनुभुती, महसुस हुन थाल्यो । हाम्रो निरन्तर रुपमा फोन बाट सम्झिने अनि दुख, सुख, हाँसो, रोदन, खुशी,पीडा अनि त्यस्तै पारिवारिक कुराहरू दिनहुँ सेयर हुन थाले ।

कसैको मायामा पर्नु नि छुट्टै आनन्द हुँदो रैछ । मनले उनलाई नै खोजिरह्न्थ्यो हरेक पल हरेक क्षण तर मनले नजिक भएका हामी त्यो रातिको यात्रा बाहेक कहिल्यै पनि भेटभाको थिएन, राम्रोसङ्ग देखेको पनि थिँएन । त्यस्तैमा पनि हामी एक अर्कामा माया गरिरहन्थ्यौं । बिचमा केही मनमुटाव भए पनि हाम्रो सम्बन्ध आगाडी बढिरहेको छ । यस्तै मन छट्पटिन्छ, तड्पिन्छ, नछुटौं भन्छ, भेटौं भन्छ, हाँस्छ, मुकुराउछ, रमाउँछ, डराउँछ अनि यस्तै-यस्तै माया लागाइराखौं भन्छ । तिमीसंगै प्रियतम् ।

कपिल कुमार बोगटी ठाटिकाँध २ (दैलेख)स्नातक तह तेर्सो बर्ष

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

देशमा सुशासनको प्रत्याभूति दिलाउने कानुन हाे : प्रधानमन्त्री दाहाल

काठमाडौँ ।  प्रधानमन्त्री दाहालले देशमा सुशासनको प्रत्याभूति गर्ने माध्यम