दैलेख । जनचेतना माध्यमिक विद्यालयको आयोजना साथै आठबीस नगरपालिका, ईलाका प्रहरी प्रशासन कार्यलय राकम कर्णाली दैलेख र नेपाल रेडक्रस सोसाईटिको समन्वयमा राष्ट्रिय शहिद दिवसको अवसरमा सरसफाई कार्यक्रम सु- सम्पन्न भएको छ ।
सरसफाई कार्यक्रममा आठबीस नगरपालिकाका उप मेयर कल्पना थापा सहित विभिन्न तह र तप्काका व्यक्तित्वहरु पनि सहभागिता रहेको थियो । आठबीस नगरपालिकाको कार्यलय रहेको स्थान तार बजार देखि सुरु भएको सरसफाईव कार्यक्रम बाख्रे कोट बजार हुँदै खोलि बजार सम्म पुगेर बाख्रे कोट बजारमा आएर विशेष कोण सभा गरेर सु- सम्पन्न भएको थियो ।
उक्त कार्यक्रममा नगरका उप प्रमुख कल्पना थापाले आफ्नो भनाई राख्दै देशको स्वभिमानका लागि आफ्नो दिलो ज्यान आहुतिमा चडाउने शहिदहरुलाई सम्झिदै उनिहरुको देश प्रतिको आघात प्रेमकामको प्रशंसा गर्दै शहित प्रति गहिरो समवेदना प्रकट गरेकी थिईन
कार्यक्रम सञ्चालन जनचेतना माध्यमिक विद्यालयका प्रिन्सिपल टिकाराम कठायतले सञ्चालन गरेका थिए ।