माज गतिशील र परिवर्तनशील छ । परिवर्तनशील समाजलाई मुलुक र समाजको समग्र विकाससंग जोड्नका लागि राज्यले लिने प्रभावकारी नीति नियम कार्यक्रम र योजनाले धेरै हद्सम्म काम गर्दछ । समाजलाई विकासको र आर्थिक समृद्धिको गति दिनका लागि र मुलुकको समग्र विकासका लागि सबैको सहभागिता हुन जरुरी छ । महिला र पुरुषको उच्च सहभागिताले नै समाजको विकास हुन्छ । यस्तै सामाजिक कार्यमा महिला र पुरुषको समग्रताले मुलुकको विकासमा कस्तो टेवा पुग्छ भन्ने कुरा हामीले भोग्दै र जान्दै आएका छौं । नेपालको सन्दर्भमा भन्नू पर्दा राज्यको मुलधारमा अहिले पनि महिला भन्दा पुरुषको धेरै बाहुल्यता रहेको छ । जसले गर्दा सबै क्षेत्रको विकासमा एक रुपता आउन सकेको छैन ।

विभेदयुक्त समाजमा महिलाहरु थिचिएका छन, हिंसामा परेका छन, जसका कारण समाजको विकासक्रममा महिलाको सहभागीता हुन पाएको छैन । दिनदिनै जताततैबाट प्राप्त बलात्कार र आत्महत्याका घटनाहरुले महिलाहरुमा विकासका कामहरुमा निरुत्साहित बनाएको छ । समाज अनि मुलुक दिन प्रतिदिन बिपन्नताको खाडलमा अल्झिइएको छ । यी र यावत धेरै कुराहरुलाई परिभाषित गरि समाजमा रहेको लैंगिक हिंसाकै कारण समाजको विकासक्रम मन्द भएको ठहर गर्दै राज्यले सिंगो मुलुकलाई हिंसामुक्त बनाउन विभिन्न नीति नियम र कार्यक्रमहरु बनाईरहेको छ।

जतिपनि नीतिनियम र कार्यक्रमहरु भए पनि व्यवहारिकरुपमा कार्यनयन भएका छैनन् । समाजलाई हिंसामुक्त बनाउँनका लागि जसले जस्तो भुमिका निर्वाह गर्नु परे पनि यस्तो अभियान आफुबाट र आफ्नो घरबाट शुरु गर्न सके मात्र समाज हिंसामुक्त बन्न सक्छ । अहिले मानसिक हिंसाहरुका कुरा बढी बाहिर आएका छन । हिंसाका कुराहरु गरिरहँदा स-साना हिंसाका रुपहरुलाई पनि निराकरण गर्नका लागी सबैले आफुबाट शुरु गर्नपर्छ । हिंसामुक्त समाज निर्माणका लागि आफुलाई बदल्न जरुरी छ । यसमा श्रीमानले श्रीमतीलाई परिवारले छोरीलाई सासुले बुहारीलाई वा बुहारीले सासुलाई विभेद गर्दा त्यहाँ भएको हिंसाले स्व परिवार कमजोर बनाउँछ । परिवार कमजोर हुँदा समाज कमजोर हुँदै रास्ट्र मन्द बिषको शिकार हुन पुग्छ । यी कुरा कुनै परिवारमा पुरुषमाथी पनि महिलाहरुले हिंसा गरिरहेका घटना सुन्न पाइन्छ ।

त्यसकारण हृदयबाट नै हिंसामुक्त ब्यक्ती बन्न सक्ने जागरण चलाउँन पर्छ । अनि मात्र समातामुलक समाज निर्माण हुन सक्छ।यस्तो समाज निर्माण भएमा देशले उल्लेखनीय प्रगती गर्न सक्छ।जनताले हर्ष र सुखसयलका साथ जीवन यापन गर्न सक्छन । मुलुकको समृद्धिका लागि हिंसा मुक्त समाज अपरिहार्य छ । हिंसा नहुन दिनका लागि सबैले आफैबाट शुरुवात गर्न पर्छ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

देशमा सुशासनको प्रत्याभूति दिलाउने कानुन हाे : प्रधानमन्त्री दाहाल

काठमाडौँ ।  प्रधानमन्त्री दाहालले देशमा सुशासनको प्रत्याभूति गर्ने माध्यम