दक्षिणकोरिया।सबैलाई माया र सम्मान,प्रवासी भूमिमा सुर्खेती हुनुको पहिचान” भन्ने मुल नाराका साथ सन २०१३ मा कोरियामा रहेका सुर्खेती बासिहरु मिलेर स्थापना गरेको सुर्खेत समाज दक्षिण कोरियाले यस बर्ष कोरियन पर्व छुसकको अवसर पारि छुसकको पहिलो दिन सेप्टेम्बर २८ तारिख बिहिबार सेल्टर व्यवस्थापन तथा आपतकालीन राहत कोष सहयोगार्थ आयोजना हुन लागेको “काक्रेबिहार सांगीतिक साँझ २०२३” को पोस्टर सार्बजनिक तथा चियापान कार्यक्रम आइतबारका दिन नेपाल थाइ रेष्टुरेन्टको सभाहल दोङ्देमुन सउल (동대문역 गेट नं २ र ३ को विचमा) सम्पन्न गरेको छ ‌।

सउल दोङ्देमुन स्थित नेपाल थाइ रेष्टुरेन्ट को सभाहलमा आयोजित पोष्टर सार्वजनिक कार्यक्रममा विभिन्न संघसंस्था लगायत पत्रकार हरुको बाक्लो उपस्थिति रहेको थियो। सेप्टेम्बर २८ तारिक १२ बजे वाट राति ९ बजे सम्म हुने “काक्रेबिहार सांगीतिक साँझ २०२३”मा नेपालको चर्चित राष्ट्रिय कलाकार हरु लोकप्रिय गायक बद्री पंगेनी, प्रताप दास,चक्र बम लगायत काउली बुढि, एन्जिला रेग्मी चर्चित डान्सर तेरिया मगर र साथमा गोविन्द बानियाँ ले सन्चालन गर्ने कार्यक्रममा स्थानिय कलाकारहरुले बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ। 100주년 기념관 서울시 종로구 대학로 3 길 29 ट्रेन लाइन १ 종로5 가역 गेट न २ बाट निस्केर ५ मिनेट हिँडेर पुग्न सक्ने (दोङ्देमुन ३ नम्बर गेटबाट कार्यक्रम स्थान सम्म पुग्न बसको व्यबस्था गरिएको) हलमा आयोजना हुने “काक्रेबिहार सांगीतिक साँझ २०२३” को प्रवेश शुल्क ३०००० वन तोकिएको छ।

यहि आउदो कोरियन पर्व छुसक को अवसरमा सुर्खेत समाज दक्षिण कोरियाको आयोजना तथा कर्णाली प्रदेश समाज दक्षिण कोरियाको समन्वयमा हुदै गरेको कार्यक्रममा लागि नेपाल सम्पर्क समिति दक्षिण कोरिया द्वारा आयोजित कार्यक्रम वाडफाड कार्यक्रममा छूसकको पहिलो दिन सेप्टेम्बर २८ तारिक विहिबार कर्णाली प्रदेश अन्तर्गत सुर्खेत समाज दक्षिण कोरियाले कार्यक्रम गर्ने प्रस्ताव समाजको को अध्यक्ष पुष्कर बुढाथोकीले लानु भएपश्चात त्यहा वाट पारित भएर कार्यक्रम गर्ने अनुमति पाएको थियो। 

सन् २०१३ मा स्थापीत सुर्खेत समाज दक्षिण कोरियाले कोरिया र नेपालमा हरेक सामाजिक गतिबिधीहरुमा सक्रिय रुपमा कोरियामा रहेका संघसंस्था संग सहकार्य र समन्वय गर्दै कोरिया लगायत नेपालमाआपतविपत परेका नेपालीहरुलाई सहयोग गर्दै आएतापनि २०१८ र २०२० मा सानो डान्स पार्टी गरेको तर यस्तो सांगितिक धमाका कार्यक्रम हालसम्म नगरेको र पहिलो पटक सांगितिक धमाका कार्यक्रम गर्न लागेको हुनाले दक्षिण कोरियावासि सम्पुर्णमा कार्यक्रम सफल नैतिक, भौतिक र आर्थिक सम्पुर्ण रुपमा सहयोग गर्नुहुन आयोजकले हार्दिक अनुरोध गरेको छ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

राकम कर्णालीमा स्लो बाईक प्रतियोगीता

दैलेख । आठबीस नगरपालिका वडा नं. ०४ राकम