काठमाडौँ । जापानले नेपाललगायतका मुलुकहरुबाट आउने विदेशी नागरिकहरुलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको छ । जापानमा कोरोना भाइरस (कोभिड–१९) को नयाँ प्रकार (भेरियन्ट) भेटिएसँगै सोमबारबाट लागू हुने गरी जापानले विदेशी नागरिकलाई मुलुक प्रवेशमा रोक लगाउने निर्णय गरेको हो ।

जापानको विदेशमन्त्रालयका अनुसार अहिले लगाइएको प्रतिबन्ध विश्वका अधिकांश मुलुकहरुमा लागू हुनेछ । यो प्रतिबन्ध जनवरीको अन्तिमसम्म कायम रहनेछ ।

जापानको स्थानीय सञ्चारमाध्यमका अनुसार जापानी नागरिक तथा जपानमा बसोबास गर्ने विदेशीहरुले भने जापानमा आउन पाउनेछन् । तर, उनीहरुले १४ दिन सेल्फ क्वारेन्टिनमा बस्नुपर्ने हुन्छ । शनिबार जापानको टोकियोमा कोरोनाको नयाँ भेरियन्टका दुई संक्रमित फेला परेका थिए । उनीहरु बेलायत भ्रमणबाट फर्किएका थिए । यसअघि शुक्रबार पनि बेलायतबाट आएका पाँच जनामा नयाँ भेरियन्टको संक्रमण देखिएको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

मोतियाँ विन्दु छनोट तथा अप्रेशन शिविर समुद्धघाटन समारोह सम्पन्न

दैलेख । आठबीस नगरपालिका वडा नं. ०४ राकम