दैलेख । आठबीस नगरपालिका रामक कर्णाली ४ को स्वास्थ्य शाखाले स्वास्थ्य कार्यक्रमको पालिका स्तरिय बार्षिक प्रगति समिक्षा गोष्ठी गरेको छ ।

आनपा दैलेख स्वास्थ्य शाखाले गरेको उक्त गोष्ठी कार्यक्रममा प्रमुख अतिथीको आसन ग्रहण नगरका प्रमुख तर्क बहादुर बडुवालले गरेका थिए भने विशिष्ट अतिथीमा उप प्रमुख कल्पना थापा जिल्ला स्वास्थ्य सेवाका निमित्त प्रमुख थीर प्रशाद रेग्मी, स्वच्छन्दता परियोजनाका प्रमुख बल बहादुर थापा लगायत थुप्रै संघ संस्थाका व्याक्तित्वहरुले गरेका थिए ।

कार्यक्रममा विभिन्न संघ संस्थाका प्रमुख कर्मचारि स्वास्थ्य कर्मी सहित सञ्चार कर्मी को उपस्थिति रहेको थियो । साथै स्वास्थ्य क्षेत्रमा सहयोग गर्नुहुने संघ संस्थाका व्यक्तित्वहरुलाई दोसल्ला सहित मायाको चिनो दिइएको थियो ।

उक्त कार्यक्रममा प्रमुख अतिथी तर्क बहादुर बडुवालले जन्मदेखी मृत्यु बीचको समय नै हाम्रो जीवन हो भन्दै सार्थक जीवनका लागि कसैले पनि सकारात्मक सोंच बदल्न नहुँने र राम्रा कुराहरुलाई भ्रममा पारि नराम्रा कुरालाई आत्म साथ गर्नु अपराध भएको बताउदै समाजका प्रताडित समुदायलाई स्वास्थ्य संगै रहेक क्षेत्रमा पहिलो प्रथामिकतामा राखि अगाडि बढ्नु पर्ने राय व्यक्त गरेका थिए ।

विशिष्ट अतिथी उप मेयर कल्पाना थापाले आठबीस नगरपालिका कर्णाली भित्रको कर्णाली हो भन्दै आनपाका स्वास्थ्य कर्मीलाई सर्व साधारण जनताले डाक्टर साव भनेर उपाधि दिएको कुरा विर्सिनु हँदैन् भनिन् । उनले थप्दै स्वास्थ्य क्षेत्रमा हरेक नागरिकको पहुँच हुन जरुरी छ । यस विषयमा आफु सचेत रहेको र सरोकारवालासबै सचेत हुनुपर्ने बताईन् ।

उक्त कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यलयका निमित्त प्रमुख थीर प्रशाद रेग्मिीले सोंचे जति सफल हुन नसकेपनि जन स्वास्थ्यमा गरिएको सन्तुलित कार्यका कारण विभिन्न रोगहरुलाई रोक थाम गर्न सफल भएकोमा खुशी व्यक्त गर्दै खापानमा परम परागत खाद्य वस्तुको प्रयोग भएमा स्वास्थ्यमा राम्रो हुने र रोग संग लड्ने प्रतिरोधात्मक क्षमता बढ्ने बताए ।

यस्तै स्वाच्छन्दता परियोजनाका प्रमुख बल बहादुर थापाले आठबीस सरकार संग या भन्दा अगाढि पनि मिलेर काम गरेका अझै यस नगरपालिकामा रहुँञ्जेल संगै हातेमालो गरेर अगाडि बढ्ने जानकारि दिए ।

कार्यक्रम्मा विभिन्न स्वास्थ संस्थाका कर्मचारिहरुले आफ्ना कार्यविरणहरु प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन आनपा स्वास्थ्य शाखाका प्रमुख देवराज तिमिल्सिनाले गरेका थिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

आठबीसमा पहिलो स्लो बाईक रेस प्रतियोगिता सम्पन्न

दैलेख । आठबीस नगरपालिका वडा नं. ०४ राकम