सुर्खेत । सुर्खेत प्रदेश अस्पतालका ६ जना स्वास्थ्यकर्मीमा  कोरोना संक्रमण देखिएको छ ।अस्पतालका अनुसार संक्रमणा देखिएका दुई जना कन्सल्ट्यान्ट र ४ जना मेडिकल अधिकृत हुन् । अस्पतालका थप एक स्वास्थ्यकर्मीमा पनि सङ्क्रमण देखिएको छ ।

अस्पतालका निर्देशक डा. डम्बर खड्काले कोरोना विशेष अस्पतालमा संक्रमितकाे चाप हुनुका साथै कोरोना पुष्टि नभएका तर, संक्रमित भएका व्यक्तिबाट जोखिम बढेको छ ।

अहिले कोरोना विशेष अस्पतालमा २३ संक्रमित उपचारारत छन् । चिकित्सकमा संक्रमण देखिएपछि अस्पतालले आजदेखि एक हप्ताका लागि ओपिडी सेवा बन्द गरेको छ ।

एक हप्तापछि अवस्था हेरेर अर्को निर्णय गर्ने निर्देशक खड्काको भनाइ छ । यसअघि अस्पतालका तीन जना चिकित्सकमा कोरोना संक्रमण देखिएको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

आठबीसमा पहिलो स्लो बाईक रेस प्रतियोगिता सम्पन्न

दैलेख । आठबीस नगरपालिका वडा नं. ०४ राकम