काठमाडाैं । काठमाडौँ महानगरपालिकाको नवनिर्वाचित उप-प्रमुख सुनिता डङ्गोलले रचनात्मक रुपमा महानगर विकासमा जुट्ने बताएकी छन् ।
राष्ट्रिय सभा गृहमा आयोजना भएको निर्वाचन परिणाम घोषणा तथा बधाई ज्ञापन कार्यक्रममा उप-प्रमुख डङ्गोलले जनताले युवा पुस्तालाई गरेको विश्वासमा कुनै कमी आउन नदिने बताएकी हुन् ।

उक्त कार्यक्रममा बाेल्दै नवनिर्वाचित उप-मेयर डंगाेलले महानगरकाे प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह निर्वाचित भएकाे र महानगरपालिकाकाे ३२ वटै वडामा नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (एकीकृत समाजवादी) का तर्फबाट जनप्रतिनिधिहरू विजय भएकाे बताउँदै सबै जनप्रतिनिधिहरूसंग सहकार्य गरेर महानगरकाे क्रमिक विकासमा लाग्ने बताइन् ।

जनताले महानगर बनाउँन विश्वास दिएकाले जनताकाे अमुल्य मतकाे कदर गर्ने बताइन् । पाँच वर्षमा जनताको लागि निषठावान सेवक भई समग्र काठमाडौँ विकासमा आफ्नो प्राथमिता रहने उल्लेख समेत गरिन् । विगतमा समेत आफू सामाजिक काममै सक्रिय रहेकाले आगामी दिनमा नगरवासीले थपिदिएको जिम्मेवारी इमान्दारिताका साथ पूरागर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

ओली-पथ: शक्ति छ, संस्कार खै ?

नेकपा एमालेको महाधिवेशन नजिकिँदै गर्दा देशव्यापी रूपमा राजनीतिक