भारत । आठबीस नगरपालिका वडा नं. ०९ छेपाडि निवासी लालसिंह बहादुर विश्वकर्माले भारतको पानवेलमा श्रीमतीका घातका कारण झण्डै २१ दिन जेल जीवन कटाएका छन् ।

भारतको पानवेलमा विगत केहि बर्ष देखि काम गर्दै आएका विश्वकर्मा एक नेपाली युवती संग भेट भयो । त्यहि भेट र आपसि परिचय संगैको कुराकानी विवाहमा परिरणत भयो उनीहरु संगै बसे प्रदेशको ठाउँमा दुख शुख काटे, विस्तारै उनीहरु विच सानो तिनो झगडा हुन थाल्यो । केटाका अनुसार अर्काको ठाउँमा इज्जतले बस्नु पर्छ भने, कहिले मलाई कोठा भित्र बाहिरबाट चुक्कुल लगाएर जान्छौ । बाहिर गए समयमा घर आउदैनौ, यसो गर्नु हुदैन् भनेर सम्झाउदा केटिले नराम्रो गालि गर्ने यसो हुँदै गर्दा दिपावलीकाे दिन यस्तै कुरामा विवाद भयो । मैले सम्झाउने शैलीले एक थप्ड पनि लगाए ।
त्यत्तिकैमा म दाईहरु भएको ठाउँमा जान लागे र उनलाई पनि जान भने, तर उनले मानिन र पछि आउँछु भनिन् । म दाईहरुकोमा नपुग्दै मलाई ठानाबाट कल आयो । तपाईं ठाना आउनु पर्यो भनेर, मैले कसैलाई जानकारि नदिएरै ठाना गए । त्याहाँ मलाईं भित्र लगियो, मेरो हातको मोवाईल पुलिसले समात्यो । म सम्पर्क विहिन जस्तै भए । मलाई थाहा थिएन मेरो नाउनमा बलात्कारि केस भई सकेको रहेछ ।

म त्यहि केस मा २१ दिन सम्म जेलमा रहें । यहाँको स्टमित्र नातेदार सबै विशेष गरि सत्याग्रह फोरम नेपाली सेवा संघटना राष्टिय अध्यक्ष माष्टर विके सोनार साथै समाज सेवी सबैको सेवामा सधैं अग्रसर रहने सत्याग्रह फोरम टिटवला सीटीमा कार्यरत अध्यक्ष केसर विश्वकर्माले ठुलो भूमिका खेलेकोमा उहाँहरुलाई हृदयबाट धन्यवाद दिन चाहन्छु । उनले भनेका छन नेपालबाट भारतमा आई काम गर्ने सम्पूर्ण नेपाली दाजुभाईहरु यस्ता विषयबाट सजग रहन सल्लाह दिएका छन् ।”

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

आठबीसमा पहिलो स्लो बाईक रेस प्रतियोगिता सम्पन्न

दैलेख । आठबीस नगरपालिका वडा नं. ०४ राकम