दक्षिण कोरिया । कसैको पनि कुभलो न चाहने हामी नेपालीको एउटा स्वभाव हुन्छ । मेहनतको कमाई खाने हामी नेपालीका धेरै सपनाहरु हुन्छन् ।

तिनै सपनाहरु साकार पार्न भत्किएको घरको छानो फेर्न श्रीमति, आमा बुवा, छोरा छोरीका च्यतिएका लुगा फेर्न नेपालबाट कामको शिलशिलामा दक्षिण कोरिया गएका सारथी संसार मिडिया प्रा.लि बाट सञ्चालित सारथी संसार डटकमका सिईयो, आठबीस नगरपालिका वडा नंं. ०८ निवासी पुस्कर सिजापति (पि.एस. क्षेत्री) को दुःखदाई ठूलो दुर्घट्ना भएको छ ।


आफु जहाँ रहे पनि समाज र देशको बारेमा चिन्ता गरिरहने मेहेनति, परिश्रमी, स्वाभिमानि साथै समाज सेवी उनी आज हस्पिटलको बेडमा थला पर्नु परेको छ । यो घट्ना कार्तिक ३० गतेको हो । उनि एउटा टायल कारखानामा काम गर्थे । दिन भरिको काम सकि सके पछि साँझ एक घण्टा कारखानामा मेशिन सरसफाईको काम हुने गर्दछ । उनको भनाई अनुसार आफ्नो डिपार्ट एनमाग्गी सिन्था प्रेसको सबै काम सकिसके पछि भियतनामको साथीको  बोल्टुको सरसफाईको काम बाँकी थियो ।

सुमोसा र बोल्टुको लगभग ३ ईन्चको फरक हुने गर्दछ । त्यसैमा उनको खुट्टा च्यापिएको थियो । बोल्टुको ६ वटा पिलेट र १२ वटा टायल चावि हुने गर्दछ । त्यसमा भियतनामको साथिले संकेत गर्दै टायल की उठाउने आफुले त्यसमा जमेर रहेका फोहोरका कणहरु सफा गर्दै मेशिन चलाउदै सफा गर्न पाँचौ टायल की मा पुग्ने बेला सुमोसामा हानिरहेको भाईब्रेटरका कारण साथीले गरेको संकेत मैले थाहा पाएन होला साहेद उसले सकि सक्यो भनेर म झर्न नपाउदै मेशिन चलाई दिएछ । मेशिन घुम्न थाल्यो त्यस पछि ५ फिट उचाईमा रहेको म जम्प गरेर पहिलो टायल की बाट दोस्रो टायल की सम्म मात्र पुग्न सफल भए । त्यसै टायल की र सुमोसाको बिचमा मेरो दुईटै खुट्ट पसि सकेछ । मेशिन बन्द भयो, त्यस पछि रेस्क्यु टिमले मलाई मेसिनबाट निकाल्न झण्डै २० मिनेट लागेको बारेमा तिन दिन पछि होस खुले पछि मात्र थाहा पाए ।

मेशिन बाट निकालि सकेपछि मलाई एम्बुलेन्समा संमो क्याथोलिक फेङ्वन वइजम्बु हस्पिटल पुऱ्याइयो ७ दिन सम्म आईसियुमा रहे अहिले जनरल वार्डमा उपचार भईरहेको छ । कुल देवाता मान्ने कुल्लान्नेको हात साथै भगवान रुपी डक्टरहरुको अथक परिश्रमबाट आफ्नो उपचार राम्रो हुँदै गएकोमा आफु भाग्यमानी भएको बताउ छन् । डाक्टरहरुका अनुसार अब पहिलाको जस्तो सामान्य नुहुने धेरै हिडडुल गर्न नसकिने भएकाले अब आफु रहेको संस्था सारथी संसार मिडिया प्रा.लि लाई सुधारात्मक ढंगबाट अगाढि बढाउने उनको भनाई छ ।

सारथी संसारका सम्पूर्ण टिम हाम्रो संस्थाका CEO पि.एस. क्षेत्रीको स्वास्थ्यलावको कामना सहित आगामी दिनहरु सुखद रहुन भन्ने कामना गर्दछौं ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

आठबीसमा पहिलो स्लो बाईक रेस प्रतियोगिता सम्पन्न

दैलेख । आठबीस नगरपालिका वडा नं. ०४ राकम