सुर्खेत जिल्लाको बिरेन्द्रनगर १० , घर भई करिब दश महिना अगाडि रोजगारको शिलशिलामा कोरियाको 경상북도 안동 अवस्थित मार्वल कम्पनीमा कार्यरत अमर बुढा मगरको यहि जुन २५ तारिक बिहान ३ बजे सुतेकै अबस्थामा हृदय घात भई अस्पतालमा लैजाने क्रममा निधन भएको छ। घरको कमजोर अवस्था सुधार्न अनि आमाबुबा, श्रीमती र दुई कलिला बालबच्चाको भविष्य सुन्दर बनाउने सुनौलो सपना बोकेर दक्षिण कोरिया आएका अमरको सपना साकार हुन सकेन। श्रम बेचेर खुसि किन्न आएका उनि परिवार लाई सोकाकुल पारेर कलिलै उमेरमा अस्ताए।

सुन्दर सपना बोकेर परदेश पसेका लाखौ नेपाली हरु कोहि खुसि बोरेर रमाउदै फर्किन्छन भने कोहि अमरले जस्तै सबैलाई रुवाउदै फर्किन्छन। देशमा रोजिरोटीको जोहो नभए पछि विदेशी बाटो रोजेका अमर हरु दिनहु रातो बाकसमा फर्किन्छन। गरिब देश, कमजोर सरकार अनि लाचार नेतृत्व केवल सत्ता साझेदारीमा लिप्त भए पछि नेपाली नागरिकले यस्तो नियति सधै भोगिरहने छन। मृतक प्रति हार्दिक श्रध्दाञ्जलि 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

काक्रेबिहार सांगीतिक साँझ २०२३को सम्पूर्ण तयारी सम्पन्न

दक्षिणकोरिया।सबैलाई माया र सम्मान,प्रवासी भूमिमा सुर्खेती हुनुको पहिचान”