काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अन्तर्गत रहेको राष्ट्रिय अनुसन्धान विभागले एक सय जनाभन्दा बढी कर्मचारी माग गरेको छ ।

विभागले आज सूचना निकालेर अनुसन्धान अधिकृत, अनुसन्धान सहायक र सहायक सूचक पदमा जागिर खुलाएको छ । अनुसन्धान अधिकृत २१ जना माग भएको छ । अनुसन्धान सहायक ३२ जना र सहायक सूचक ५१ जना माग भएको हो ।

अनुसन्धान अधिकृत हुन कम्तिमा स्नातक तह उत्तिर्ण गरेको हुनुपर्छ भने उमेर २१ वर्ष पूरा भई २५ वर्ष ननाघेको हुनुपर्छ । साथै अनुसन्धान सहायक हुन कम्तिमा प्लस टु वा सो सरह पास गरेको र १८ वर्ष पूरा भई २५ वर्ष ननाघेको हुनुपर्ने आजको गोरखापत्रमा जारी सूचनामा उल्लेख छ ।

सहायक सूचक पदमा भने एसएलसी वा एसईई पास गरेको हुनुपर्छ। १८ वर्ष पूरा भई २५ वर्ष ननाघेकोले यस पदमा दरखास्त दिन सक्नेछन् ।विभागको वेवसाइट www.nidept.gov.npdflogin  बाट पनि फारम भर्न सकिन्छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

प्रजातन्त्र दिवसको अवसरमा प्रभात फेरी कार्यक्रम सम्पन्न

दैलेख । आठबीस नगरपालिका दैलेखले आयोजना गरेको प्रजातन्त्र