आसा र भरोसा को
ओजस्वी उडान भरि
पूर्ण गन्तव्यमा पुग्ने
बिस्वासको विमानमा
सवार केहि इच्छा र चाहानाहरु
सपना र कल्पनाहरु
अचानक दुर्घटित भएका छन।
तिस बसन्त बितायको बैंस
केहि मिठा रहरहरु
बेलाबखत पाहुना झै
टुप्लुक्क आईपुग्ने खुसि
सबै छुटेर म बाट मेरा
अतित भएका छन।
यि मेरा चल्तापुर्जा
नित्यकर्म निर्मुल गर्न
मजाक गर्दै मित्र भेषमा
आएको नियतिको खेल
चतुर रहेछ मेरा सग्लो
खुट्टा खोसेर लियो
गरेर जालझेल

मेरा तिघ्राको मासु लुछियर
चोईटा चोइटा भएको
रगतको आहालमा डुबी
बाच्ने आसा लतपतिएको
मेरो विक्षिप्त दुर्दशा
म त जसोतसो सहुला
तर तिमी आफुभन्दा बढि
मलाई माया गर्ने मान्छे
कसरि सहन सक्छौ ।
भन्ने भयले निकै
भयभित भएको छु ।
सुगठित गोलीगाठा
सिसा टुक्रियझै चुरचुर हुदा
होस गुमायका पैतला
निर्जीव हड्डी हरुको
निर्वस्त्र कङ्काल झै
चेतको लय भुलि
विलय भएका मेरा
खुट्टाहरुको कुरुपता माथि
बर्षिने प्रश्न र अपहेलना
म त लाजकाज
आत्मसात् गरौला
तर तिमी दुःख आफु सहेर
मलाई सुख दिने मान्छे
कसरि आत्मसात् गर्न सक्छौरु
भन्ने पिरले खुबै
पिरलो मानेको छु ।

छोडिदेऊ प्यारी
खुट्टामा उभिएकालाई मात्र
घ्युँ देखि जीउ सम्म सुम्पिन
तयार यो नकच्चरो समाजका
लाजपचेका कुरा
बरु हाम्रो यो गतिशील
जीवनको गति नरोकि
तिम्रा दुई दुर्वल खुट्टाले
घिसार्दै घिसार्दै भएपनि
गतिशिलता कायम राखौला ।
मनभित्रका कलुषित
बादलका धुमिल कणहरु
स्वच्छ वायुको
वहाफले धोइपखाली
आत्मबोधको साक्षात्कार गर्न
तिम्रो र मेरो यि दुइ मगजले
एक अन्तिम सपना देखौला ।
✍️पि‍‍‍. एस.  क्षेत्री (दैलेख)

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

दशरथ रंगशाला र त्यसले उठाएका प्रश्नहरु

कमल सरोवर । वि.स. २०६८ साउन २ गते