काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्तिका लागि दाबी पेश गर्न दलहरूलाई दिएको समय आज सकिँदैछ ।

गत पुस ३ गते राष्ट्रपतिले एक साताको समय दिँदै पुस १० गते अपरान्ह ५ बजेभित्र प्रधानमन्त्रीमा दाबी गर्न समय दिएकी थिइन् । तर को प्रधानमन्त्री बन्ने, कुन(कुन दल मिलेर सरकार बनाउने भन्नेजस्ता सहमति हुन सकेका छैनन् । दलहरूले यसबीचमा आ(आफ्नो पार्टीमा संसदीय दलको नेतासमेत चयन गरिसकेका छन् भने नयाँ सरकार बनाउन छलफल पनि गरिरहेका छन् ।

कसको नेतृत्वमा सरकार बनाउने रु राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, राष्ट्रिय सभा अध्यक्ष र उपाध्यक्षजस्ता पद कुन(कुन दलले लिने भन्नेमा दलहरू सहमतिमा पुगिसकेका छैनन् । सम्भवत आज दलहरूले यसबारे प्याकेजमै सहमति गरेर राष्ट्रपतिले दिएको समयभित्रै प्रधानमन्त्रीमा दाबी गर्न जाने तयारी गर्दैछन् । शनिबार पनि सत्ता गठबन्धन दलहरूले नयाँ सरकार गठनबारे बालुवाटारमा छलफल गरेका थिए ।

नयाँ सरकार गठनका लागि नेपालको संविधानको धारा ७६ को उपधारा ९१० बमोजिम कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नगरेपछि संविधानको धारा ७६ को उपधारा ९२० अनुसार प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमतप्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने व्यवस्था रहेको छ ।

सोही व्यवस्थाअनुसार राष्ट्रपतिले पुस १० गते आइतबार अपरान्ह ५ बजे भित्र दाबी पेस गर्न दलहरूलाई आह्वान गरेकी थिइन् । यसैबीच कांग्रेसका सांसदहरूले भने हस्ताक्षर संकलन गरिसकेका छन् । शुक्रबार र शनिबार गरी उनीहरूले हस्ताक्षर संकलन गरेका हुन् । नयाँ सरकार गठनका लागि राष्ट्रपति कार्यालयमा हस्ताक्षर देखाउन पर्ने हुन सक्ने भन्दै उनीहरूले हस्ताक्षर संकलन गरेका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

आठबीसमा पहिलो स्लो बाईक रेस प्रतियोगिता सम्पन्न

दैलेख । आठबीस नगरपालिका वडा नं. ०४ राकम