रूपन्देही । बिदा हुनुपूर्व सातै प्रदेशका मुख्यमन्त्रीले लुम्बिनी प्रदेशमा सम्मेलन गर्ने भएका छन् । लुम्बिनीको राजधानी दाङ, देउखुरीमा पुस १५ मा मुख्यमन्त्रीहरूको सम्मेलन हुन लागेको हो । लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसीको प्रस्तावमा हुन लागेको सम्मेलनमा प्रदेशको पाँचवर्षे समीक्षा गर्ने र संघीयता कार्यान्वयनका लागि नयाँ प्रतिनिधिसभालाई सुझाव दिने तयारी छ ।

सम्मेलनमा लुम्बिनीका केसीसहित प्रदेश १ का राजेन्द्र राई, मधेसका लालबाबु राउत, वाग्मतीका राजेन्द्रप्रसाद पाण्डे, गण्डकीका कृष्णचन्द्र नेपाली, कर्णालीका जीवनबहादुर शाही र सुदूरपश्चिमका त्रिलोचन भट्ट सहभागी हुनेछन् । पाण्डेले शुक्रबार पदबाट राजीनामा दिएको भए पनि सम्मेलनमा सहभागी हुने जानकारी गराएको लुम्बिनीका प्रवक्ता आन्तरिक मामिला, कानुन तथा सञ्चारमन्त्री तिलकराम शर्माले बताए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

प्रजातन्त्र दिवसको अवसरमा प्रभात फेरी कार्यक्रम सम्पन्न

दैलेख । आठबीस नगरपालिका दैलेखले आयोजना गरेको प्रजातन्त्र