सम्झिन्छु जन्मेको दिन, घडि र पला सम्झिन्छु ।।
कयौँ भोटो फटालेछु, जीवन श्रृङ्खला सम्झिन्छु ।

बाबा ले हात समाति, पाईला चाल्न सिकाएथे ।
ताते ताते गर्दै हिडेका, साना पैतला सम्झिन्छु ।।

एकादेशको कथा भन्दै, लोहोरि सुनाई रहन्थ्यौ ।
आमाको न्यानो काख, नुनु र सुकला सम्झिन्छु ।

रमाउथ्यौँ साथि भाई, नाना थरि खेल खेल्दै ।।
कबडि अनि डण्डिबियो को हमाला सम्झिन्छु ।

शुत्रबद्व सफलता को, सत्य मार्गदर्शन गरि ।।
गुरुले दिनुभको ज्ञान, र हौसला सम्झिन्छु ।।

अतितका पाना हरु, यसर्थ पनि पल्टाएको हुँ ।
निदाएको जिजिभिसा,फेरि बिउझला सम्झिन्छु ।

कुन बाटो हिडाएछु, फैसला भबिष्यले गर्ला ।।
सन्तानलाई बचपनको, याद रहला सम्झिन्छु ।।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

कर्णाली प्रदेश समाजले प्रेम गीत ३ को प्रदर्शन गर्दै

भौगोलिक रुपमा नेपालकै बिकट मानिने कर्णाली प्रदेशका विभिन्न