दीपबहादुर बडुवाल (दीपक)

कोरोना (Covid-19) महामारीले गर्दा यतिबेला पूरा विश्व नै डिप्रेशनको अवस्थामा छ तर लकडाउन पछि कोरोना जीवनको एक हिस्सा हुन गइरहेको छ । सुरक्षा मानदण्ड, सामाजिक दूरी, नियमित सरसफाई र मास्क लगाउनु जीवनको अंश बन्नेछ । व्यक्तिहरु साना साना समूह बनाएर काम गर्नेछन, व्यवसायमा भिन्नता हुनेछ, घरबाट काम गर्ने संस्कृति बढ्नेछ । काम न लाग्ने समूहहरू बेवास्ता हुनेछन, एफ.एम.सी.जी. (Fast Moving Consumable Goods) र फार्मा (Pharma) बाहेक सबै व्यवसाय र कंपनीहरूलाई यति बेला धेरै समस्या भई रहेको छ । घर जग्गा खरीद बिक्री (Real Estate) र मनोरन्जन (Entertainment) उद्योगमा त, झन धेरै प्रभाव परेको छ । यात्रा, पर्यटन, एयरलाइन्स, लगानी, ब्याङकिङ्ग सबैले आफ्नो व्यवसाय गुमाइरहेका छन । रेस्टुरेन्टको व्यवसायमा अझै प्रभाव लामो रहनेछ । विश्वभरिमा १४ करोड़को रोजगारी खतरामा छ । विश्वव्यापी अर्थव्यवस्थालाई यतिबेला ९ ट्रिलियन डलर सम्मको घाटा भई सकेको छ । अमेरिका, जर्मनी, इटाली, फ्रान्स, स्पेन जस्ता विकसित देशहरूको विकास दर माइनसमा जाँदैछ ।

हामीले के गर्ने ? अब चाहियो के त ?
अब चाहियो अनुकूलन योग्यता (adaptability) तिनिहरूमात्रै बाँच्न सक्नेछन जो अनुकूलित हुनेछन, जुन आफै पुनः समायोजित (re-adjustment) हुनेछन । जसले नयाँ व्यवसायको सहि योजना बनाउन सक्नेछ र जसले फेरी तयारी गर्न सक्नेछ त्यो मात्र अगाडी जान सक्नेछ । पर्खौं र हेरौं (wait and watch) को दृष्टिकोणले यतिबेला काम हुने छैन. यो समय भनेको प्रविधिलाई { (use of technology) राम्रो संग प्रयोग गर्ने समय हो । नयाँ रणनीतिका साथ काम गर्दै भविष्यका लागी नयाँ नयाँ योजनाहरु डिजाईन गर्ने बेला हो अहिले । यतिबेला स्टक राख्ने समय छैन, छूट (discount) दिएर भये पनि समान बेच्नु पर्ने आवश्यकता हुनेछ। संग्रह (collections) र प्राप्ति योग्यहरू (receivables) छिटो फिर्ता लिनुहोस, तपाईंको हातमा नगद छिटो आओस भन्ने तर्फ लाग्नुहोस, ठूला खर्चहरूबाट जोगिनु र बचत गर्नु धेरै महत्वपूर्ण छ अहिले, किनकि यस समयमा नगद सुक्दै गइरहेको छ ।

अहिलेको लथालिङ्ग वातावरणमा कोष जुटाउने संभावना छैन, कुनै नयाँ पैसा प्राप्त हुनेछैन, त्यसैले केहि समस्याहरू आगामी केही समयका लागि बढ्नेछन । पहिला वृद्धि (growth) गरिरहेका कम्पनीहरूमा लगानी गरिने गरिन्थ्यो तर अब अवस्था त्यस्तो छैन । अब वृद्धि (growth) मा होइन नाफा (profitability) मा फोकस गर्नु पर्ने अवस्था छ । ठूला ठूला ब्रान्डहरुको मूल्यांकन परिवर्तित ९खबगिबतष्यल (valuation change) भई रहेको छ । कोष जुटाउने (fund raising) अवस्थामा धेरै गार्हो छ । यतिबेला आ आफ्नो कम्पनी अथवा व्यवसायको पूनः संरचना (re-structure) गर्नुका साथै जति सक्दो खर्चबाट जोगिनु नितान्त आवश्यक छ । यदि तपार्इंको कम्पनी, व्यापार अथवा व्यवसाय भाड़ामा छ भने घरभेटी संग भाड़ा न लिने अथवा कम भन्दा कम लिने अनुरोध गर्नुहोस.२०, ३० अथवा ४० प्रतिशत कति हुन्छ मिलाउने प्रयत्न गर्नुहोस, नेगोशिएट गर्नुहोस ।

आफुलाई मोटीभेट गरौं
पछिल्लो एक महिनाबाट लकडाउनको स्थितिले गर्दा जनताहरू घरमा कैद छन, दैनिक आज यति मरे, उति मरे भन्ने समचार सुनिरहनु परेको छ । तपाईं बाहिर आउन सक्नुहुन्न, सामाजिक दूरी कायम गरी राख्नु परेको छ, यस बीचमा ठूलो निराशा र उदासिनता (depression) को स्थिति बन्न पुगेको छ । यस्तोमा आफुलाई मोटीभेट गर्नको लागी आफु भित्र विश्वास बढाउने काम गर्नुहोस । राम्रा राम्रा भिडियोहरु हेर्ने, राम्रा राम्रा लेखहरु र पुस्तकहरु पढने, राम्रो संगीत सुन्ने गर्नुहोस । कुनै न कुनै रचनात्मक (creative) काम तिर लाग्ने प्रयास गर्नुहोस । आफ्नो मन पर्ने काम गर्नुहोस । खाना बनाउने रहर छ भने आफै खाना बनाउने, चित्रकारिताको रहर छ भने चित्रहरु बनाउने, गाउने अथवा बजाउने रहर छ भने त्यो गर्नुहोस । लेख्न मन पराउनु हुन्छ भने कुनै आर्टिकल लेख्नुहोस । भन्न खोजेको आफुलाई सक्दो व्यस्त राख्ने प्रयास गर्नुहोस । यसले तपाईको विश्वासमा धेरै ठूलो काम गर्छ । आफ्नो बानी बदल्ने तिर लाग्नुहोस, यतिबेला योग अभ्यास गर्नुहोस, राती छिटो सुत्नुहोस र बिहान चाँडै उठ्नुहोस । यसले तपाईंलाई तरोताजा राख्न मद्धत पुर्याउने छ। सामाजिक संजालबाट सके सम्म टाढा रहने कोशिश गर्नुहोस । आज भोली त्यतातिर बढ़ी जसो फोहोर (dirty), नक्कली (fake) र नकारात्मक (negative) सामग्रीहरु मात्र भेटिन्छन । त्यसै पनि सामाजिक संजालको प्रयोग सधैं आफ्नो उद्देश्य (purpose) र लक्ष्य (goal) को लागी चाहिने सामग्रीहरूको लागी मात्र गर्नुपर्छ ।

सरकार को जिम्मेवारी
कतिपय दाजुभाई र दीदीबहिनिहरू जो रोजगारीका लागी अझै पनि विदेशमा हुनुहुन्छ र कतिपय फर्कि पनि सक्नु भएको छ । विश्वको अर्थव्यवस्था मन्दीको ओरालो तिर गई रहेको छ धेरै दाजुभाई र दीदीबहिनिहरूको रोजगारी खÞतरामा छ । धेरैले स्वदेश फर्किन चाहन्छन तर अहिले फर्किने अवस्था छैन । यतिबेला सबैलाई आफ्नो देशको माया लागी रहेको छ । हाम्रो सरकारले तत्काल निर्णय लिएर आफ्नो देश फर्किन चाहनेहरुलाई ल्याउने व्यवस्था मिलाउनु पर्छ । सानो देश छ, जनसँख्या कम छ, प्रकृतिले सुम्पेको अपार संपदाको खानी छ हाम्रो देश. सबै देशवासीहरुलाई रोजगारीको व्यवस्था मजाले मिलाऊन सकिन्छ व्यवस्थापन राम्रो संग मिलाउनु पर्ने मात्र न हो । आजको मितिसम्म हाम्रो देशमा कोरोना महामारीले गर्दा मृत्यु हुनेको संख्या शून्य छ । तर भोली के स्थिति बन्ने हो भन्न सकिने अवस्था छैन । त्यसैले म सरकार संग के अनुरोध गर्न चाहन्छु भने खतराको पहिलो लाइनमा काम गरी रहेका हाम्रा देशका सम्पूर्ण स्वास्थ्यकर्मीहरु (doctors, nurses etc) लाई सम्पूर्ण पी.पी.ई. किट अनिवार्य रुपमा उपलब्ध गराउनु पर्छ, उनीहरुलाई कोरोना महामारी समाप्त न हुन्जेल सम्म ‘महामारी भत्ता’ दिनु पर्छ, उनिहरुको अनिवार्य रुपमा सरकारको तर्फ बाट बीमा पनि हुनु पर्छ र यदि कोरोना महामारीले गर्दा उनिहरुको मृत्यु हुन्छ भने उहाँहरुलाई ‘शहीद’को सम्मान दिने र राजकीय सम्मानका साथ उहाँहरुको अन्तिम संस्कार गर्नु पर्छ ।

उनिहरु एकदम (danger zone)मा छन. उनीहरुलाई आज कोरोना लागेको छैन, भोली न होला, पर्सी न होला एक न एक दिन अवश्य हुन्छ यदि पी.पी.ई. किट जस्ता सुरक्षा उपकरणहरु उपलब्ध गराइएन भने । लकडाउनलाई पनि एकै चोटी न खोलेर चरणबद्ध तरिकाले खोल्नु पर्ने हुन्छ । जुन प्रदेश अथवा जिल्लामा कोरोनाको प्रभाव धेरै छ त्यसलाई रेड जोन घोषित गरेर त्यहाँ अझै लकडाउन थप्नु पर्ने हुन्छ । जुन प्रदेश अथवा जिल्लामा कोरोनाको प्रभाव कम छ त्यसलाई येलो जोन घोषित गरेर अत्यावश्यक वस्तुहरूको लागी मात्र समयावधी तोकेर खुल्ने अनुमति दिने र जुन प्रदेश अथवा जिल्लामा कोरोनाको प्रभाव केही पनि छैन त्यसलाई ग्रीन जोन घोषित गरेर त्यहाँ आवश्यक दिशा निर्देशका साथ पूरा लकडाउन खोली दिने ।

अंतर्राष्ट्रीय उड़ान कम्तिमापनि दुई महीनाका लागी स्थगित नै राख्ने. अंतर्राष्ट्रीय सीमानाबाट देशमा पस्ने एक एक व्यक्तिलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा राख्ने । देशमा रहेका जति पनि गारमेन्ट उद्योगहरु, बुटीकहरु, टेलरहरु छन उनिहरु सबैलाई अहिले अरु सबै काम छोडेर अनिवार्य रुपमा मास्क, पन्जा र पीपीई बनाउन लगाउने, फार्मा उद्योगहरुलाई सेनीटाइजर बनाउन लगाउने । यसो गर्दा कम से कम उनिहरुको त रोजगार सुचारू भई हाल्छ । अनि त्यो तयार भएको सामग्री सरकारले आफ्नो स्तरबाट सामाजिक अभियन्ता मार्फत हुन्छ अथवा सेनालाई खटाएर हुन्छ जनताहरु माँंझ अथवा आवश्यक ठाऊँहरुमा छिटो भन्दा छिटो पुर्याउने । हामीसंग अहिले यो गर्न बाहेक अरु बिकल्प छैन ।

कुनै देशले टेस्टिङ्ग किट, मास्क, सेनीटाइजर अथवा भेनटीलेटर पठाई देला र हामी उपचार तर्फ लागौंला भनेर सोची बस्ने समय नै छैन । छिटो भन्दा छिटो निर्णय (decision) लिने र कार्यवाही (action) गर्ने आवश्यकता छ अहिले । बीमार भएर उपचार गर्नु भन्दा त्यसबाट जोगिनु राम्रो । (Precaution is better than cure)

लेखक -कर्णाली प्रदेश, दैलेख जिल्ला आठबीस नगरपालिका वडा नं. ८ तिलेपाटा, स्थायी बसोबास भई हाल बीरेन्द्रनगर सुर्खेतमा व्यवसायी तथा समाजसेवीको रुपमा क्रियाशील हुनुहुन्छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

नेपालमा ९१ प्रतिशतले एचआइभी सङ्क्रमण घट्यो

काठमाडौँ । नेपालमा सन् २०२३ मा ९१ प्रतिशत