काठमाडौँ। सरकारले आगामी दुई वर्षभित्र सबै स्थानीय तहमा विद्युतीकरण गर्ने बताएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संघीय संसदको संयुक्त बैठकमा पेश गरेको आगामी आर्थिक वर्ष २०७९र८०को नीति तथा कार्यक्रममा दुई वर्षभित्र सबै स्थानीय तहमा विद्युतीकरण गर्न विद्युत उत्पादन, प्रसारण तथा वितरणका क्षेत्रमा महत्वपूर्ण लगानी गरिने भएको छ । उनका अनुसार ‘सरकारी तथा निजी क्षेत्रबाट प्रवर्द्धित जलविद्युत आयोजना सम्पन्नत गरी आगामी आर्थिक वर्ष थप ७१५ मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ,’ ‘जलाशययुक्त तथा नदी बेसिनमा आधारित आयोजनालाई जोड्ने गरी ४ सय के।भी।ए। क्षमताका राष्ट्रि य तथा अन्तरदेशीय विद्युत प्रसारण लाइन विस्तार गर्न सुरु गरिनेछ ।’
राष्ट्रिय प्रसारण लाइन नपुगेका दुर्गम क्षेत्रमा लघु तथा साना जलविद्युत र सौर्य ऊर्जाबाट थप २५ हजार घरधुरीलाई विद्युत सेवा उपलब्ध गराउने सरकारले बताएको छ । सबै नेपालीलाई उर्जाको पहुँच सुनिश्चित गर्न विपन्न वर्गका लागि निःशुल्क विद्युतीय मिटर जडान गर्ने सरकारले बताएको छ । सरकारको नीति तथा कार्यक्रममा भनिएको छ, ‘निःशुल्क उपलब्ध गराइने मासिक विद्युत खपतको सीमाभन्दा बढी उपभोग गर्ने घरायसी ग्राहकलाई उक्त सीमासम्मको विद्युत निःशुल्क उपलब्ध गराइनेछ ।’