अमेरिका । कोरोना भाइरसको संक्रमणले विश्व अर्थतन्त्र प्रभावित भइरहेको बेला अमेरिकाको टेक्ससमा भने नेपालीहरुले होटलमा लगानी गरेका छन् ।

कर्नेश सिटीस्थित लाकुन्ता इन एण्ड सुईट्स होटल यसै साता नेपाली व्यवसायीले खरिद गरेका हुन् । ६९ कोठाको उक्त होेटल तेल उत्पादन गर्ने मुख्य क्षेत्रमा पर्दछ ।

‘लगानी विस्तार गर्ने क्रममा हामीले तेल व्यवसायका कारण आर्थिक कृयाकलाप विस्तार भइरहेको कर्नेस सिटीको यो होटलमा लगानी गरेका छौं,’ व्यवसायी विकल ढकालले भने । ढकालले यसअघि टेक्सास डलासमा स्टोर लगायतमा लगानी गर्दै आएका थिए ।

अर्का व्यवसायी विकासराज न्यौपाने होटलका साझेदार हुन् । न्यौपानेका अनुसार उक्त होटलमा करिब ७० लाख अमेरिकी डलर लगानी भएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

काक्रेबिहार सांगीतिक साँझ २०२३को सम्पूर्ण तयारी सम्पन्न

दक्षिणकोरिया।सबैलाई माया र सम्मान,प्रवासी भूमिमा सुर्खेती हुनुको पहिचान”