एजेन्सी । बेलायतमा भेटिएको कोरोनाभाइरसको नयाा प्रकारले संसारभरीको चिन्ता बढाइरहेको छ । थुप्रै देशले बेलायतमा यात्रा प्रतिबन्ध लगाइदिएको छ ।

४० बढी देशले बेलायतबाट कसैलाई पनि आउन रोक लगाएको छ । यसैबीच युरोपेली संघले एक साझा नीति बनाउनेबारे छलफल गरिरहेको छ ।

डेनमार्कमा पनि कोरोनाको नयाँ प्रकार भेटिएको छ । तत्पश्चात् स्विडेनले डेनमार्कबाट यात्रा प्रतिबन्ध लगाइदिएको छ ।

भाइरसको नयाँ स्टेन बढी संक्रामक छ तर यो बढी घातक छ भन्ने प्रमाण भने हालसम्म भेटिएको छैन ।

एकातिर बेलायतमाथि यात्रा प्रतिबन्ध लगाउने देशको सूची बढ्दै छ भने अर्कोतर्फ विश्व स्वास्थ्य संगठनले नयाँ प्रकारको खतराको विषयमा महत्वपूर्ण कुरा गरेको छ ।

डब्ल्यूएचओ इमर्जेन्सी चीफ माइक रायनले महामारीको फैलावटको क्रममा नयाँ स्ट्रेन भेटिनु सामान्य कुरा बताउँदै यो अनियन्त्रित भने नभएको बताएका छन् । जबकी आइतबार बेलायतका स्वास्थ्य सचिव म्याट हेनककले नयाँ प्रकारका लागि अनियन्त्रित शब्दको प्रयोग गरेका थिए ।

थुप्रै देशले दक्षिणी अफ्रिकाबाट आउने मानिसहरुमाथि पनि प्रतिबन्ध लगाइरहेको छ । वास्तवमा त्यहाँ पनि भाइरसको अर्को एउटा भेरियेन्ट भेटिएको छ जुन बेलायतमा भेटिएको भेरियन्टभन्दा भिन्न छ ।

About the author

'सत्य बाटो, नयाँ खोज'- 'तिब्र खबर, सूचना र सञ्चार' सारथी संसार डट कम मा जोडिनु भएकोमा यहाँलाई हृदयको अन्तस्करण देखि स्वागत छ । देश र जनतामा समर्पित सारथी संसार सदैब तपाईंहरुको सुझाव, सल्लाहलाई रचनात्मक रुपमा सिरोपर गर्दै अगाडि बढ्ने छ । थप समचारका लागि तलको लिंकमा थिच्नु होस । धन्यवाद ।।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

आठबीसमा पहिलो स्लो बाईक रेस प्रतियोगिता सम्पन्न

दैलेख । आठबीस नगरपालिका वडा नं. ०४ राकम