कोरिया  नजिकिदै गरेको कोरियाली महान चाड छुसकको अवसर पारी कर्णाली प्रदेश समाज दक्षिण कोरिया अंतर्गतको जिल्ला सुर्खेत समाज दक्षिण कोरियाले आयोजना गर्न लागेको बृहत सांस्कृतिक कार्यक्रम “काँक्रेविहार सांगितिक सांझ २०२३” को पोस्टर सार्वजनिक तथा चियापान कार्यक्रम, नेपाली थाई रेष्टुरेन्टको सभाहल, दोङ्देमुनमा अगस्ट २७ तारीख आईतबारका दिन हुने भएको छ। सेल्टर व्यवस्थापन तथा आपतकालिन राहत कोष सहयोगार्थ गर्न लागिएको मनोरञ्जनात्मक कार्यक्रम “काँक्रेविहार सांगितिक सांझ २०२३” लाई भव्य र सव्य बनाउन हामी सबै कर्णाली बासिको साझा जिम्वेवारी रहेको बताउदै यहि २७ हुने पोस्टर सार्वजनिक तथा चियापान कार्यक्रममा उपस्थित हुन कर्णाली प्रदेश समाज दक्षिण कोरियाले कोरियावासी- सम्पूर्णसंघसंस्था,पत्रकार,अग्रज,बुद्धिजीवी,व्यवसायी, विद्यार्थी,कोरियावासी सम्पूर्ण नेपालीजनहरुमा उपस्थितिको लागी सादर अनुरोध गरेको छ। कर्णाली प्रदेश समाज दक्षिण कोरियाका अध्यक्ष गणेश कोइराला साथै सुर्खेत समाज दक्षिण कोरियाका अध्यक्ष पुस्कर बुढाथोकिले कर्णाली प्रदेश स्थापना भए पश्चात पहिलो पटक आयोजना गर्न लागेको बृहत सांस्कृतिक कार्यक्रममा सबै तह तप्का बाट सहयोग हुने अपेक्षा गरेका छन्।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

राकम कर्णालीमा स्लो बाईक प्रतियोगीता

दैलेख । आठबीस नगरपालिका वडा नं. ०४ राकम