काठमाण्डाैं। हरेकको भान्सामा अनिवार्य हुन्छ, अदुवा । सागसब्जीको स्वाद बढाउन अदुवाको प्रयोग गरिन्छ । जबकी यसमा औषधिय गुण पनि हुन्छ ।

पाचन यन्त्रका लागि निकै उपयोगी मानिन्छ अदुवा । चिसो लागेको बेला, खोकी लागेको बेला, घाँटी दुखेको बेला अदुवा पोलेर चपाउने गरिन्छ । अदुवाको रस बनाएर पिउने गरिन्छ । अदुवाको रस र मह पनि औषधिय प्रयोगका लागि तयार गरिने पेय हो । अदुवाको अनेक गुण छन् ।

अदुवाको सेवनले हाम्रो शरीरको मेटाबोलिज्ममा सोझो असर गर्छ, जसले गर्दा तौल घट्छ । अदुवामा कुनै क्यालोरी हुँदैन र यसले शरीरको मेटाबोलिज्मलाई पनि बढाउँछ ।

शरीरको मेटाबोलिज्म ठीक भए हाम्रो पाचन पनि ठीक हुन्छ र शरीर स्वस्थ रहन्छ । यसले शरीरको क्यालोरीलाई घटाउँछ र हाम्रो तौल पनि कम हुन्छ । क्यालोरीरहित हुने कारणले अदुवाको सेवनबाट पेट भरिएको महसुस हुन्छ र हामीलाई धेरै खाने इच्छा हुँदैन ।

अदुवाको सेवनबाट तौल  घटाउने थुप्रै तरिका छन् । प्रत्येक विहान अदुवालाई पानी वा महका साथमा सेवन गर्न सकिन्छ । साथै, यसलाई पेय पदार्थ वा चियाको साथमा पनि प्रयोग गर्न सकिन्छ । अदुवाको धुलोको उपयोग पनि तौल घटाउनलाई हुन्छ ।

बिहान खाली पेटमा काँचो अदुवा सेवन गर्दा धेरै फाइदा मिल्छ । यसले शरीरको मेटाबोलिज्मलाई बढाउँछ र पाचनतन्त्रलाई नियन्त्रित गर्छ । यसको तितोपनालाई हटाउनका लागि अदुवा खानासाथै केही मिठो कुरा खान सकिन्छ ।

अदुवायुक्त पानी पिउँदा पनि निकै फाइदा गर्छ । अदुवा खाने यो सबैभन्दा सहज उपाय हो । आधा गिलास सादा पानीमा अदुवाको धुलो वा अदुवाको टुक्रा हाल्ने । यसलाई राम्ररी घोलेर पिउनुपर्छ । यसलाई मिठो बनाउनका लागि मह, कागति वा अलिकति नून पनि हाल्न सकिन्छ । तर, खाली पेटमा अदुवाको सेवन बढि फाइदाजनक हुन्छ । पानीसँग दैनिक तीनपटक अदुवाको सेवन गर्नाले चाँडै फरक महसुस गर्न सकिन्छ र शरीरको तौल पनि कम हुन्छ ।

चियाको रुपमा अदुवा सेवन गर्न सकिन्छ ।  यसले पेटको बोसो कम गर्नुका साथै शरीरको तौललाई पनि नियन्त्रणमा राख्छ । रुघा, खोकी र राम्रो पाचनका लागि पनि अद’वा उपयोगी हुन्छ । अदुवाको एउटा सानो टुक्रालाई लिएर राम्रोसँग कुट्नुस । त्यसपछि एक भाँडो पानी उमाल्नुस र यसमा अदुवा हालेर उमाल्ने । अनि, यसलाई छान्नुपर्छ र बिस्तारै–बिस्तारै तातो अदुवा पानी पिउनुपर्छ ।

जाडो ठाउँमा बस्नेका लागि अदुवा को सुप पिउनु तौल घटाउने सबैभन्दा प्रभावकारी तरिका हो । अदुवा  सुप पिउन थालेको केही दिनमा नै तपाईंको शरीरको वजन नियन्त्रित हुन्छ ।

खानामा धेरै प्रकारले अदूवाको प्रयोग गर्न सकिन्छ । अदूवाको प्रयोग भोजनमा गर्नुहुन्न भने छुट्टै अदुवा नियमितरुपमा खानुपर्छ । तर, यो कुरालाई ध्यानमा राख्नुस कि एकैचोटि धेरै अदुवा खानु हुँदैन ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

उपत्यका खानेपानी लिमिटेडमा रोजगारीको अवसर

काठमाडौँ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले कम्पनीमा २०७९