विराटनगर । नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले अहिलेको सरकार जनयुद्ध दिवस नमनाउने प्रष्ट पारेका छन् ।

विराटनगरमा पत्रकारसँग कुरा गर्दै १० वर्षे सशस्त्र द्वन्द्वलाई कांग्रेसले कहिल्यै जनयुद्ध नभनेको उनले बताए । डा। कोइरालाले जनयुद्ध नेपालको संविधानमा नभएको भन्दै दिवस मनाउने कुरा नहुने बताए । अब दिवस मनाउने भन्ने नहुने भन्दै उनले भने, “कांग्रेसले जनयुद्ध भनेको छैन, सशस्त्र द्वन्द्व भनेको छ ।”

सरकारले अर्थतन्त्र सुधार्न नसकेको उनले बताए । देशको अवस्था सुधार्न नसक्नुमा अर्थमन्त्रीको पनि दोष् देखिएको भन्दै उनले यसको मुख्य जिम्मेवार प्रधानमन्त्री भएको बताए । कोसीमा एमाले मिसिएपछि केन्द्रमा सत्ता गठबन्धन परिवर्तन हुन्छ रु भन्ने प्रश्नको जवाफमा उनले समय आएपछि आफैँ हुने बताए । कोसी प्रदेशमा सत्तारुढ गठबन्धन कि कांग्रेस र नेकपा ९एमाले०को संयुक्त भन्ने प्रश्नमा उनले प्रष्ट जवाफ दिएनन् । कोसीमा अहिले जसरी सरकार बनेको छ, त्यसरी नै अघि बढ्ने जवाफ दिए ।

About the author

'सत्य बाटो, नयाँ खोज'- 'तिब्र खबर, सूचना र सञ्चार' सारथी संसार डट कम मा जोडिनु भएकोमा यहाँलाई हृदयको अन्तस्करण देखि स्वागत छ । देश र जनतामा समर्पित सारथी संसार सदैब तपाईंहरुको सुझाव, सल्लाहलाई रचनात्मक रुपमा सिरोपर गर्दै अगाडि बढ्ने छ । थप समचारका लागि तलको लिंकमा थिच्नु होस । धन्यवाद ।।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

आठबीसमा पहिलो स्लो बाईक रेस प्रतियोगिता सम्पन्न

दैलेख । आठबीस नगरपालिका वडा नं. ०४ राकम