एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी महिना दक्षिण अफ्रिकामा हुने ब्रिक्स शिखर सम्मेलनमा भाग नलिने भएका छन् ।

पुटिनको सम्भावित भ्रमण दक्षिण अफ्रिकाका लागि एउटा जटिल कूटनीतिक मुद्दा बनेको छ । रुसी नेतालाई अन्तर्राष्ट्रिय फौजदारी अदालतको पक्राउ पुर्जी जारी गरिएको छ । अन्तर्राष्ट्रिय फौजदारी अदालत ९आईसीसी०सदस्यको रूपमा प्रिटोरियाले पुटिनले देशमा पाइला टेकेको खण्डमा कार्यान्वयन गर्ने अपेक्षा गरिएको थियो ।

राष्ट्रपति सिरिल रामाफोसाका प्रवक्ता भिन्सेन्ट माग्वेन्याले भने, “आपसी सहमतिअनुसार रुसी महासङ्घका राष्ट्रपति भ्लादिमिर पुटिन शिखर सम्मेलनमा सहभागी हुनुहुने छैन तर रुसी महासङ्घको प्रतिनिधित्व विदेशमन्त्री (सर्गेइ) लाभरोभले गर्नुहुनेछ ।” Everestmissiom

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

आठबीसमा पहिलो स्लो बाईक रेस प्रतियोगिता सम्पन्न

दैलेख । आठबीस नगरपालिका वडा नं. ०४ राकम