काठमाडौं ।सरकारले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । रुस र युक्रेन युद्धका कारण पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गर्नु परेको नेपाल आयल निगमले जनाएको छ ।

बढेको मूल्य अनुसार डिजल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँले र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले मूल्य वृद्धि भएको छ । बढेको मूल्य गएराति १२ बजेदेखि लागू भएको हो ।

यससँगै एक लिटर पेट्रोलको मूल्य १ सय ९९ रुपैयाँ पुगेको छ । यसैगरी एक लिटर डिजल र मट्टीतेल किन्न १ सय ९२ रुपैयाँ तिर्नुपर्ने भएको छ ।

निगमले हवाई इन्धनमा पनि आन्तरिकतर्फ १९ रुपैयाँले बढाएर १ सय ८५ रुपैयाँ प्रतिलिटर पुर्याएको छ । हवाई इन्धनको बाह्यतर्फ भने एक सय अमेरिकी डलरले मूल्यवृद्धि गरिएको छ । खाना पकाउने ग्यासको मूल्य भने नबढाइएको निगमले जनाएको छ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

आठबीसमा पहिलो स्लो बाईक रेस प्रतियोगिता सम्पन्न

दैलेख । आठबीस नगरपालिका वडा नं. ०४ राकम