सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–४ मा एक मतदान अधिकृत सुतेकै ठाउँमा मृत भेटिएका छन् ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार फुर्के सामुदायिक वन मतदान केन्द्रमा खटिएका मतदान अधिकृत ५६ वर्षीय बिल्टु राय आज बिहान सुतेकै ठाउँमा मृत भेटिएका हुन ।

उक्त घटनाको अनुसन्धानका लागि प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी घटनास्थल पुगिसकेको छ । सर्लाही हरिपुर्वा नगरपालिका–५ स्थायी ठेगाना भएका राय आयुर्वेद स्वास्थ्य केन्द्र नेचामा कार्यरत थिए । उनले लामो समयदेखि सुगर र मुटुको औषधि प्रयोग गर्दै आएको खुलेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

आठबीसमा पहिलो स्लो बाईक रेस प्रतियोगिता सम्पन्न

दैलेख । आठबीस नगरपालिका वडा नं. ०४ राकम