हे मानव तिमी परिवर्तित छौ ।
पलपलमा बदलिन्छन विचार र भावनाहरू ।
साच्चै तिमी समयको गति हौ
क्षणभरमै अंकुराउछन आस्था र चाहानाहरु ।
जसरि निरञ्तर बग्ने नदिका
उर्लदो बहाफहरु बदलिरहन्छन ।
जसरि बिराट झरनाका
छहराहरु बदलिरहन्छन ।
जसरी ऋतु को संगितले
पाखापखेरि बदलिरहन्छन ।
मानौ ज्वोतिको जिस्क्याईले
कालो रात बदलिन्छ ।
हो त्यसरि नै ………
मानव तिमी परिवर्तित छौ ।

तिम्रो भौतिक आँखाले जन्म देख्छ ।
बृद्वि बिकाश देख्छ अनि मृत्यु देख्छ ।
यति त प्रत्येक जीवात्माले देख्छ ।
अझै भनौ सास्वत श्रृष्टिले देख्छ ।
तिमीले तिमी भित्रको
रासायनिक चाल देख्यौ !?
बिचारले तरंगित छाल देख्यौ !?
मनको कालो बादल देख्यौ!?
सुष्म शरीरको निश्चल ताल देख्यौ!?
तिमी आफैले कोरेको मिठो सपना
अनि असिम आसाको बेहाल देख्यौ !?
खोज…नियालेर खोज……
बालक हुदाको तिमी
जिज्ञासाले भरिएका थियौ ।
किसोर हुदाको तिमी
चन्चलताले अल्मलियका थियौ ।
बयस्क भएर तिमी
शक्तिमान् कहलियका छौ ।
बृद्व भएर तिमी
निरासाले थकित हुनेछौ।
जसरी दु:ख पिडा आसुले पगाल्छ ।
जसरी प्रतिघातको डोब पुरिदैजान्छ ।
जसरी शान्तिको अग्लो धरहरा
एकटुक्रा दुर्भाग्यको ढुङ्गो
हृकायपछि गर्ल्यामै ढल्दछ ।
मानौ धमनी र शिराको रंगमञ्चन
अलौकिक ईसाराले बदल्छ।
हो त्यसरी नै………
मानव तिमी परिवर्तित छौ ।

हुर्के पछि बालकले आमाको काख बिर्सन्छ ।
बा का प्रिय काध डोरिएका हात बिर्सन्छ ।
लाग्दैन! प्रेममा प्रेमीले बाचा बन्धन बिर्सन्छ ।
लाग्दैन! आफ्नैले स्वार्थमा नाता सम्बन्ध बिर्सन्छ ।
सोझा काधको भर्​याङ चढि
अग्लो देखिने बजार छ ।
आसपासनको हँसिलो नकाब भित्र
स्वार्थको कालो अनुहार छ ।
यहाँ केवल दिवा सपनाको
वेलुन उडाउने समचार छ ।
आखाँ चिम्लेर खोज…
तिमी भित्रै सत्यको संसार छ ।
जसरी भोको पेट भरिय पछि
नाङ्गो शरिरको लडाइ हुन्छ ।
जसरि महल बासिहरुमा पनि
तकदिरको लडाइ हुन्छ।
मानौ भीर चढ्नकै लागि
बलवीरको लडाई हुन्छ।
हो त्यसरी नै ……………
मानव तिमी परिवर्तित छौ ।

के अझै पुगेन जालझेलको खेति ?
कि पुरा भा छैन नुन तेलको बथिती !
यो हारजित को लडाइँमा
केवल तिमी हौ उत्कृष्ट !
तर खै त मानव तिमी सन्तुष्ट !
उचाइ चढ्दाचढ्दा नभेटिएको आकाश
जति भर्दा पनि नभरिएको भाडो
सृष्टि देखि ध्वंस सम्म
सधै अधुरो अपुरो हुनेछ।
प्रिय मानव आफुभित्र खोजिहेर
त्यहा भेटिनेछन खुसिका पुष्पहरु ।
सन्तुष्टका विसाल सागरहरु ।
बसन्तका रंगिन बहारहरु ।
मानौ तिमी भित्रै खुसिको खजाना छ ।
जहाँ मात्र सत्यको दिवाना छ..
पि एस क्षेत्री(दैलेख)

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

कर्णाली प्रदेश समाजले प्रेम गीत ३ को प्रदर्शन गर्दै

भौगोलिक रुपमा नेपालकै बिकट मानिने कर्णाली प्रदेशका विभिन्न