पोखरा । महामारीका रूपमा फैलिएको आँखा पाक्ने रोगबाट कास्कीमा ९ हजार जना संक्रमित भएका छन् ।

गण्डकी प्रदेशभर यसको संख्या साढे १२ हजार छ । गण्डकीका सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका अनुसार कास्कीमा ९ हजार १७ जना संक्रमित भएका हुन् । यो संख्या गण्डकीका ११ जिल्लामध्ये सबैभन्दा बढी हो ।सबैभन्दा कम हिमालपारिको जिल्ला मनाङमा १५ जना मात्र संक्रमित छन् । बढी संक्रमित हुनेमा कास्कीसहित नवलपुर, गोरखा र तनहुँवासी हुन् । आँखा पाक्ने रोग अर्थात् एडिनो भाइरस कन्जन्टिभाइटिस महामारी रूपमा फैलिएपछि एमालेका सांसदले प्रदेशसभामा यसबारे जरुरी सार्वजनिक महत्वको प्रस्ताव नै दर्ता गरेका थिए ।

यसबारे संसदमा बिहीबार छलफल भएको थियो । सांसदहरूको प्रश्नको जवाफ दिनेक्रममा गण्डकीका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशीला सिंखडाले सरकारले आँखा पाक्ने रोगलाई गम्भीरताका साथ लिएर नियन्त्रणको काम गरिरहेको जिकिर गरिन् । उनले भनिन्, ‘सरकारी र निजी अस्पतालमा उपचार गरिरहेका छौं ।

विभिन्न अस्पतालमा औषधी उपलब्ध गराइएको छ । सञ्चारमाध्यममार्फत सूचना प्रसारण गर्ने काममा बढी जोड दिइएको छ ।’ मन्त्री सिंखडाले गण्डकीका सबै जिल्ला अस्पतालमा आँखा विशेषज्ञसहितको क्लिनिक सञ्चालन कार्यक्रम तयारी गरिएको बताइन् । औषधी अभाव हुन नदिन थप बजेट विनियोजन गरिएको पनि उनको भनाइ थियो ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

आठबीसमा पहिलो स्लो बाईक रेस प्रतियोगिता सम्पन्न

दैलेख । आठबीस नगरपालिका वडा नं. ०४ राकम