कैलाली । कैलाली को लम्कीचुहा नगरपालिका वडा नं. ५ मा रहेको सहज युवा क्लबले रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

खेलकुद गतिविधिका साथै विभिन्न सामाजिक कार्यहरु गर्दै आएको क्लबले आफ्नो सामाजिक उत्तरदायित्व भित्र रहेर शनिवार रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

रक्तदान नै जिवन दान हो, भन्ने मुल नाराका साथ आयोजना गरिएको रक्तदान कार्यक्रमलाई नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखाले प्राविधिक सहयोग गरेको थियो । वडा नं. ५ को चौँरी स्थित जन जागृति मा.वि को प्राङ्गणमा भएको रक्तदान कार्यक्रममा ३२ पिन्ट रगत संकलन भएको क्लवका अध्यक्ष पदम बहादुर तिरुवाले बताएका छन् ।

उक्त रक्तदान कार्याक्रममा लम्कीचुहा नगरपालिका वडा नं. ५ का 
अध्यक्ष  माया बिष्ट, मोहनलाल नगर उद्यान सामुदायिक बनका अध्यक्ष बखत बहादुर बिष्ट लगायतको सहभागित रहेको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

आठबीसमा पहिलो स्लो बाईक रेस प्रतियोगिता सम्पन्न

दैलेख । आठबीस नगरपालिका वडा नं. ०४ राकम