दक्षिण कोरिया गएको १ बर्ष नबित्दै एकजना नेपाली श्रमिकले अल्पायुमै ज्यान गुमाएका छन्। रोजगारी सिलसिलामा कोरिया पुगेका इटहरी १का ३७ वर्षीय पुष्प बस्नेतको बुधबार निधन भएको हो। उनी कमिटेड कामदारको रुपमा एक बर्ष अगाडी मात्रै कोरिया भित्रिएका थिए। बस्नेत कृषि तर्फ एक बंगुर फार्ममा कार्यरत थिए।उक्त बंगुर फार्ममा उनी सहित ९ जना नेपालीहरु रहेका छन । बस्नेत काम गर्ने कम्पनीमा कार्यरत नेपालीका अनुसार उनी बिगत १ महिना अगाडि देखि बिरामी रहेको बताईएको छ ।

अस्पतालमा उनले आफ्नो समस्या स्पष्ट राख्न नसकेको कारण उनको सहि उपचार नभएको हुनसक्ने आशंका संगै कार्यरत साथिको भनाई रहेको छ भने उपचार गर्न समयमै अस्पताल नजानु पनि कमजोरी भएको भनेका छन । उनलाई 6/7 घण्टा बिराएर ज्वरो आउने गरेको थियो । शुरुमा नेपालबाट ल्याएको औषधि खादै बसेका थिए भने मेडिकल हल गएर औषधि ल्याएर खाने गरेका थिए ।राम्रो अस्पतालमा शुरुकै अवस्थामा उपचार गरेको भए यो घटना नघट्ने अनुमान साथीहरुको छ । धेरै गाह्रो भएपछी आईतवार बेलुकी अस्पताल लगेर उपचार पछि कम्पनीमा फर्केर आराम गरेका थिए । सोमबार बिहान सबै साथिहरु काममा गएका थिए ,बिहानको खाना खाने समयमा बिरामी साथीलाई कस्तो भयो भनेर उसको कोठामा जादा साथी मुखभरी फिज निकालेर लडिरहेको भेटेपछी तत्काल अस्पताल पुर्याएको थिए । अस्पतालले सबै जाँच गरेपछी टाउकोमा रगत जमेको बताएको थियो तत्काल अपरेशन गर्नुपर्ने तर ९०प्रतिशत सफल नहुने बताएको थियो ।