कमल सरोवर । वि.स. २०६८ साउन २ गते दिउँसो, काठमाडौंमा झरी दर्किरहेको थियो। दशरथ रंगशालामा खचाखच दर्शकहरु रुझेरै हुटिङ गरिरहेका थिए- नेपाल! नेपाल!! भनेर। मैदानमा आमनेसामने थिए नेपाल र जोर्डनका राष्ट्रिय फूटबल टोलीका खेलाडिहरु। खेल अन्तिम समयतिर धकेलिंदै जाँदा नेपाल १-० ले पछाडि थियो। तर दर्शकहरू घरेलु टोलीको जोश झन् झन् बढाउँदै थिए। खेलको ८० औं मिनेटमा नेपाली टोलिका भरत खवासले गोल फर्काए। फिफा वरीयतामा ९१औं स्थानमा रहेको जोर्डनलाई, १३६औं स्थानमा रहेको नेपालले बराबरीमा रोक्यो।
जोर्डन त्यही टोली थियो, जसले पाँच दिनअघि मात्र आफ्नै देशको अम्मान अन्तर्राष्ट्रिय रंगशालामा नेपाललाई ९-० गोलको विशाल अन्तरले हराएको थियो। सन् २०१४ को विश्वकपमा छानिन यी दुई टोली ‘होम एन्ड अवे’ का दुई खेलमा भिडेका थिए।
सन २०१८ को विश्वकप छनोटमा पनि विश्व बरियतामा आफूभन्दा अघि रहेको भारतीय टोलीसँग उसको मैदानमा दुई गोल खाएको नेपालले दशरथ रंगशालामा भने भारतलाई गोलरहित बराबरीमा रोकेको थियो।तेस्तै गत मंगलबार मात्रै नेपालको चर्च ब्वाईज युनाइटेड र भुटानको पारो एफसि कल्बले ‘एफसी च्यालेन्ज लिग’ अन्तर्गत प्ररम्भिक चरणको खेल खेले। जसमा पारो एफसिले चर्च ब्वाइजलाई २-१ गोल को अन्तरले हरायो।
करिब पाँच महिना अन्तरास्ट्रिय मान्यता हरण गरेको देशको एउटामात्रै अन्तरास्ट्रिय फुटबल मैदानमा लामो समय पश्चात् खेल भईरहदा दर्शक तथा शुभचिन्तकहरु उत्साहित हुनु स्वाभाविक थियो। उसो त तीन पटक विश्वकप खेलिसकेक जापानका प्रख्यात खेलाडी केइसुकी होन्डाले खेल अगाबै मैदानको बारेमा दिएको प्रतिकृयाले समेत सोसल मिडियामा खुबै चर्चा भयो। केही फेसबुक विश्लेषकले भने उक्त भनाईको टिकाटिप्पोणी पनि गरे ।
हामी नेपालिहरुको भाग्य भनौ वा देशको मुटुमा अवस्थित रंगशालाको दुरदशा। खेल सुरु हुनु भन्दा केही समय अगाडी सम्म लगातार परिरहेको पानीले समेत होन्डाको भनाईलाई पुष्टि गर्यो। खेलाडिले बललाई खुट्टाले हान्दा होस या आफू चिप्लिएर पल्टिदा छछल्किने पानीका फोका हुन, अथवा मैदानको अधिकांस भागमा देखिने कालो माटोको धब्बा, सबैले मैदानको मात्रै नभई समग्र खेल क्षेत्र तथा देशकै खिल्ली उडाई रहयो। अझै असार पन्ध्र तिर धान रोपाईमा हिलो खेलीरहेका खेताला जस्ता देखिने रास्ट्रका गहना खेलाडिहरु देख्दा, केही दिन अगाडि मात्रै रंगशालाले पुन प्राप्त गरेको अन्तर्राष्ट्रिय मान्यताले कता कता आफैलाई गिज्जाई रहेको महसुस पनि हुन्थ्यो।
वि. स.२०१७ सालमा राजा महेन्द्रको पालामा बिपी कोइराला प्रधानमन्त्री हुँदा नेपाल र इजरायलबीच दौत्य सम्बन्ध स्थापित भयो। त्यसको केही वर्षभित्रै इजरायली सरकारले नेपाली खेलकुदका लागि दुइटा महत्वपूर्ण प्रस्ताव अघि सार्यो। पहिलो प्रस्ताव थियो, नेपालका दुई खेलाडीलाई आफ्नो देशमा पढ्न पठाउने। दोस्रो प्रस्ताव, त्रिपुरेश्वरमा रंगशाला निमार्णका लागि सहयोग गर्ने। पहिलो प्रस्ताव तुरुन्त कार्यान्वयन भइहाल्यो, तत्कालीन सदस्य–सचिव सुशील शमशेर राणाले एथलेटिक्स खेलाडी लक्ष्मण शाह र कोमल पाण्डेलाई पढनका लागि इजरायल पठाउने निर्णय गरे । तर दोस्रो प्रस्तावमा इजरायलले निर्माण गरिदिने भनेको त्रिपुरेश्वस्थित हालको दशरथ रंगशालाको जग्गा नेपाल आर्मीको नाममा थियो। पछि राजा महेन्द्रको ठाडो आदेशमा रंगशाला निर्माण प्रक्रिया शुरु भयो।
त्यतिबेला खेलकुदको बजेट निकै कम थियो। परिषद्का लागि छुट्याइएको १ लाख रुपैयाँले ६ वटा खेलकुद (ब्याडमिन्टन, फुटबल, टेबल टेनिस, एथलेटिक्स, लन टेनिस र क्रिकेट) जस्ता खेलहरु सञ्चालन गर्नुका साथै खेल विकास खर्च पनि टार्नुपर्थ्यो। परिषद्को आफ्नै कार्यालय थिएन। सुशील शमशेरले बागदरबार स्थित आफ्नै घरमा परिषद्को कार्यालय राखेका थिए। बिडम्बना आज करिब साढे ६ दसक वर्ष बितिसक्दा पनि न्यून बजेट र दिर्घकालिन सोच अनुसार निर्माण गरिएको रंगशालामा एउटा सम्म अन्तरास्ट्रिय खेल खेल्न लाएक भएको पाइदैन। यति मात्रै हैन, देशमा रहेका रास्टृय स्तरका हरेक संरचनाको हालत तेस्तै छ।
अहिले रेल पानीजहाजका सपना देखाउने, अनि देशलाई स्विजरल्याण्डको उपमा दिने गणतन्त्रका राजाहरु, एकपट सोचम त! देशको एउटा मात्रै अन्तराटृय एअरपोर्ट बनाउन कति बजेट आवश्यक पर्यो होला? पूर्वपश्चिम राजमार्ग कसरी बन्न सक्यो होला? अनि सडकमा परेको खाल्डो पुर्न वर्षौ समय लगाउने हामी, उबेला चिन जोड्ने अरनिको राजमार्गका निम्ति कति समय लाग्यो होला? त्रिभुवन राजपथ र पृथ्वी राजमार्ग सम्पन्न गर्नका लागि पक्कै आफै सँग बजेट थिएन होला?टुकुचे खोलालाई समेत आफ्नो बाटोमा हिन्न न दिने हामी उ बेला अलिकति खुला ठाउँ चाहिन्छ भनेर ‘खुलामञ्च’ राख्ने शासक को थिए होला?
कहिले ललिता निवाश त कहिले बासबारिका नाममा सरकारी जग्गाको व्यापार व्यावसाय गर्ने हामी, चितवनमा कृषि क्याम्पस र अनुसन्धानका लागि सयौं बिघा जग्गा छुट्याउने चेतना उबेला कसले दियो होला ? आज हेल्थपोस्टमा स्वास्थ परिक्षणका सामाग्री खरिदमा घोटला गर्ने हामी, वीर अस्पतालदेखि कान्ति र टिचिंग अस्पताल बनाउन कति ठूलो रकम खर्च गर्नु पर्यो होला।
प्रजातन्त्रका पंच र गणतन्त्रका नाईकेहरु अचेल मरेको लास माथि राजनिती गर्छन। तछाड मछाड हुन्छ निर्जीव बस्तु माथी राजनितिको रंगमञ्च देखाउन। तर कसैले सोच्दैनन उ बेला राष्ट्रिय नाचघरदेखि प्रज्ञा प्रतिष्ठानसम्म देशलाई चाहिन्छ भनेर कसले सोच्यो होला ?
दिगो बिकासका निम्ती पर्याबरणिय बाताबरणलाई सन्तुलित राख्दै समुन्नत देश निर्माण गर्न दक्ष जनशक्ति निर्माणका लागि विश्वविद्यालयको नाममा किर्तिपुर (बल्खु)को त्यत्रो डाँडा छुट्याउने दूरदृष्टि शासकमा कहाँबाट आयो होला? ठाउँ ठाउँमा प्राविधिक शिक्षालय, प्रदर्शनी मार्ग, राष्ट्रिय सभागृह, लहरै क्याम्पसहरू कसरी बने होलान् ?
वर्तमान अवस्था सम्म आईपुग्दा पनि देशका अधिकांश जनता अध्यारो आकाश मुनि रात कटाउछन तर नेपालमै थियो एसियाकै पहिलो सुरुङ्गमार्ग र दोर्सो बिधुत गृह। अहिलेका बिजुलीबसहरु उद्घाटनको दिनमात्रै चल्ने गर्छन्, तर सम्झिनुस त एकपटक त्यो बेला ट्रलीबस चलाउने बुद्धि कसले दियो होला ? औलो उन्मूलनदेखि पुनर्वाससम्मका विशाल योजना कसरी सफल भए होलान् ?
नेपाल सँगै बिकासको यात्रा तय गरेका कैयौ मुलुकहरुले आज बिकसित देशहरुको सुचिमा नाम दर्ता गरिसके। अति कम बिकसित मुलुकहरुले पनि उधोग कलकारखाना मार्फत देसलाई समुन्नत को बाटोमा डोराई सके। तर देशलाई जनताको खाँचो छ, जनतालाई कामको खाचो छ भनेर बिराटनगर जुट मिल, हेटौंडा सिमेन्ट जस्ता उधोगको स्थापना तथा वैदेशिक सहकार्य संगै देशका लागि आवश्यक कच्चापदार्थ आयात निर्यातमा सहज हुने गरी विराटनगर, बिरगंज, हेटौंडा लगायतका ठाउँलाई औद्योगिक करिडोर बनाउने चेष्टा तानाशाहमा कहाँबाट आयो होला?
सुचना तथा संचारको अभाव खड्किरहेको देशले, दक्षिण एसियका आर्थिक, राजनैतिक तथा प्राबिधिक दृस्ठि ले सुसम्पन्न देशलाई आफैले पहल गरेर सार्कजस्तो क्षेत्रीय सङ्गठन निर्माण गर्ने आत्मबल कसरी पैदा भयो होला ?
अचेल दुष्ट छिमेकिले दिनहु देशको सिमाना मिच्छ। सिमानामा बस्ने नागरिकको सपना बिदेशि सेनाका बुटले कुल्चिन्छन तर सत्तासिन दल तथा रास्ट्रको नेतृत्वकर्ता त्यही बिदेशिको गुलाम गरिरहछ। सोचम त एकछिन एउटा देशले अर्को सिङ्गो देश निलिरहेको बेला हाम्रा पुर्खाहरु कसरी स्वतन्त्र बनिरहे होलान ?
एकादेशको कथा जस्तै लाग्छ अचेल सोझै युरोप पुग्नु, तर कुनैबेला काठमाडौ देखि सिधै युरोप पुग्थ्यो पेलेन। अहिले भारत हुँदै जानुपर्छ । तेतिमात्रै हैन हाम्रा देशाका शासकहरुलाई लिन बेलायती महारानीदेखि अमेरिकी राष्ट्रपति स्टेशनसम्मैं गएका तस्बिर इतिहास खोतल्दा अझै हेर्न पाइन्छ भने अचेल गणतन्त्रका राजा राज्यमन्त्रीको सरणमा परेको यिनै आखाले देख्छन।
समयले धेरै पटक देशका लागि कोल्टे फेर्यो तर देशविकासले कहिल्यै कोल्टे फेरेन। सत्ता बदलियो, सरकार बदलियो, व्यवस्था बदलियो तर सत्तासिन व्याक्तिको बुद्धि र पार्टिको पद्धति कहिल्यै बदलिएन। बिकास का नाम करौडौ बजेट छुट्यो तर बिकासको बाटो कहिल्यै छुटेन। दशकौ वर्ष अघि नै सर्वाङ्गीण विकासबारे सोच्न सक्ने बनिसकेका हामि आज आएर रंगशालामा हिलो खेल्ने अनि बार्दलिमा कुरा जोत्ने कसरी भयौँ होला ?