काठमाडौं । श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कपमा भारत एविरुद्धको खेलमा कुशल भुर्तेल दोस्रो बलमै आउट भएका छन् ।
कोलोम्बोस्थित आर प्रेमदासा स्टेडियममा सुरु भएको खेलमा हर्सित रानाको बलमा उनी एलबीडब्लू आउट भएका हुन् । उनले खाता नै खोल्न सकेनन् ।
पाकिस्तान ए विरुद्ध शुक्रबार खेलेका अर्जुन साउद र प्रतिश जिसीको स्थानमा किशोर महतो र देव खनाल पहिलो रोजाइमा खेल्दै छन् ।
समूह बी मा रहेको नेपाल पहिलो खेलमा कमजोर ब्याटिङ गर्दा पाकिस्तान ए सँग ४ विकेटले पराजित भएको थियो । online khabar