काठमाडौँ । गत जेठ १८ गते सर्लाहीबाट आएको बोडीमा विषादीको अवशेष ९रुकावट प्रतिशत मापदण्डभन्दा ६४ प्रतिशत बढी देखियो । त्यसको भोलिपल्ट जेठ १९ गते भक्तपुरमै उत्पादित रायोको सागमा यो मात्रा ९७ । १४ प्रतिशत देखियो । पछिल्लोपटक जेठ २४ गते हेटौंडामा उत्पादित काउलीमा सो मात्रा ९१।९१ प्रतिशत पाइएको थियो ।

कृषि मन्त्रालयअन्तरगतको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालाले कालीमाटी फलफूल तथा तरकारी बजारमा गरेको परीक्षणमा विषादी प्रयोगको यस्तो अवस्था देखिएको हो । तरकारीमा देखिएको यो मात्रा सरकारले तोकेको मापदण्डभन्दा झन्डै तीन गुणाले बढी हो ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले विषादीको अवशेष, जसलाई रुकावट प्रतिशतमा मापन गरिन्छ ३५ प्रतिशतभन्दा कम रहेको तरकारी तथा फलफूल उपभोग योग्य हुने मापदण्ड तोकेको छ । त्यस्तै, ३५ देखि ४५ प्रतिशतसम्म रुकावट देखिएमा केहीदिन राख्ने र पर्खनेगरी त्यस्ता तरकारी तथा फलफूललाई क्वारेन्टिनमा राख्ने गरेको छ । तर, यो मात्रा ४५ प्रतिशतभन्दा बढी भए उपभोग गर्न पूर्ण अयोग्य हुने र त्यसलाई विसर्जन नै गर्नुपर्ने मापदण्ड छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

आठबीसमा पहिलो स्लो बाईक रेस प्रतियोगिता सम्पन्न

दैलेख । आठबीस नगरपालिका वडा नं. ०४ राकम