काठमाडौँ । नयाँ थपिएको श्रम गन्तव्य मुलुक सर्बियामा नेपाली कामदारको आकर्षण देखिएको छ । वैदेशिक रोजगारीका लागि बाध्यतावश विदेश जाने नेपाली कामदारको रोजाइमा नयाँ श्रम गन्तव्य मुलुक सर्बिया पर्न थालेको हो ।

अहिले विभिन्न मेनपावरमा पुग्ने युवाले भर्खर थप भएको नयाँ श्रम गन्तव्यमूलक सर्बियामा जाने अवसर मिलाइदिन आग्रह गरिरहेको सम्बन्धित सरोकारवाला एवं वैदेशिक रोजगार व्यवसायीले बताएका छन् । उनीहरूले हाल धेरै युवाले भर्खर थप भएको सर्बियामा जाने प्रक्रिया छिटो अघि बढाउन माग गर्नेहरूको सङ्ख्या अत्यधिक बढेको बताएका छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रस्तावमा भर्खर नयाँ श्रम गन्तव्य राष्ट्र सर्बिया थप भएको हो । केही दिनअघि बसेको मन्त्रिपरिषद्को बैठकले वैदेशिक रोजगार ऐन २०६४ को दफा ३ को उपदफा ३ बमोजिम मित्रराष्ट्र सर्बियामा वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेको थियो। आजको राजधानी दैनिकमा समाचार छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

आठबीसमा पहिलो स्लो बाईक रेस प्रतियोगिता सम्पन्न

दैलेख । आठबीस नगरपालिका वडा नं. ०४ राकम