काठमाडौं । पवन मधुश्रीको लोक झ्याँउरे गीत ‘बेलखेत पुल’ को म्युजिक भिडियो मधुश्री युट्युव च्यानलबाट बाट सार्वजनिक भएको छ ।
पवन मधुश्रीको शब्द संगीत प्रमोद माझी र पम्फा कँडेलको आवाज रहेको ‘बेलखेत पुल’ मा वरिष्ठ नृत्य निर्देशक तथा मोडेल शंकर बिसीको अभिनय तथा निर्देशन रहेको छ । सो गीतमा सिर्जना माझी र नमुना माझीको पनि उत्कृष्ट अभिनय देख्न सकिन्छ । सिर्जना र नमुना मधुश्रीका आफ्नै छोरी हुन् ।

सरकारी सेवामा आबद्ध पवन मधुश्रीको सरकारी प्रचलनको नाम पदम बहादुर माझी हो । हाल उनी पञ्चदेवल विनायक नगरपालिका अछाममा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहेका छन्।

पवन मधुश्रीको नामबाट उनी लेखकको रूपमा चिनिदै आएका छन् । लामो समयदेखि पवन मधुश्री नामबाट कान्तिपुर, नागरिक, हिमालय टाइम्स, राजधानी दैनिकमा लेख लेख्दै आएका मधुश्री राजधानी दैनिकमा ‘स्थानीय प्रजातन्त्र’ र पछि ‘चिन्तनको चौतारी’ नाममा स्तम्भ समेत लेख्ने गर्दथे ।

हाल उनका विभिन्न अनलाइन पोर्टलहरूमा लेखहरु प्रकाशित हुदै आएका छन् । मधुश्रीका गाउँले कविता संग्रह, नमुना राजनीति र विकास पुस्तक प्रकाशित छन् । लेखक, साहित्यकार, स्तम्भकारको छवि बनाएका पवनले पछिल्लो समय गीतकार र संगीतकारको रूपमा समेत आफ्नो परिचय विस्तार गरेका छन् ।

मधुश्रीका यसअघि ‘इतिहाँस, आमा र माटो’ म्युजिक भिडियो बजारमा आइसकेका छन् । इतिहाँस र माटो देशभक्ति गीत हुन् भने आमा जननी जन्म दिने आमाप्रति समर्पित गीत हो । यी सबै गीतको शब्द संगीत मधुश्रीको नै रहेको छ भने चर्चित गायिका शान्तिश्री परियार र गायक प्रमोद माझीले आवाज दिएका छन् ।

बेलखेत पुल लोक झ्याउरे गीत हो । दशैं, तिहार, मेला पर्व, वनभोज तथा चाडबाड माहौलमा युवा पुस्तालाई कम्मर मर्काएर नचाउन निकै उत्कृष्ट देखिन्छ । अछाम र दैलेख जिल्लाको सिमानामा बहने कर्णाली नदीमाथि मध्यपहाडी लोकमार्ग क्षेत्रमा निर्मित बेलखेत पुललाई गीतको प्रमुख थेगो बनाइएको छ । गीतले यो क्षेत्रको पर्यटन विकासमा सहयोग पुग्ने मधुश्री बताउँछन्।

साथै युवा युवतीबीच हुने प्रेमलापलाई यो गीतले राम्रोसँग परिभाषित गरेको देखिन्छ । पवन मधुश्रीको ‘जुनी र कर्णालीको व्यथा’ सार्वजनिक हुने तयारीमा छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

आठबीसमा पहिलो स्लो बाईक रेस प्रतियोगिता सम्पन्न

दैलेख । आठबीस नगरपालिका वडा नं. ०४ राकम