दैलेख । आठबीस नगर उद्योग वाणिज्य संघको बिरिहत भेला आज सम्पन्न भएको छ ।
संघका उपाध्यक्ष कटक सिजापतिको अध्यक्षतामा जन चेतना माध्यमिक बिद्यालयको प्राङ्गणमा बसेको भेला मा व्यापारी साथै हरेक तह र तप्काका व्यक्तित्वको उपस्थित रहेको थियो ।
भेलामा भुत पूर्व संघका अध्यक्ष धनबहादुर सुनार, महासचिव भारत थापा, ईलाका प्रहरी कार्यलय राकमका इन्चार्ज हरिलाल सेज्वाल लगाएतको पनि उपस्थिती रहेको थियो । साथै ईन्चार्ज सेज्वाललाई खादा ओडाएर सम्मान गरिएको थियो ।
भेलामा विभित्र विषयमा छलफल संगै महत्त्वपूर्ण निर्णय भएको अध्यक्ष सिजापतिले बताए । उक्त भेलामा संघले गरेका निर्णयहरु कसैले उलंघन गरेमा निर्णय उपर कार्वाही गरिने सचीव खेमराज सिजापतिले बताउदै, आँउदै गरेको हिन्दु महिलाहरुको महान पर्व तीजको अवसरमा बजारमा हुने विभिन्न किसिमका अपराधिक घटनाहरु बाट जोगिन राती लगाईने तीज १० बजे भन्दा पछाडी लगाउन नपाइने जानकारी दिए ।
आगामी दिनहरुमा बजार व्यवस्थापन, व्यापारी र गराहकको सहजीकरणका लागि र सिङ्गो संघका लागि आफुहरु सधैं लागिरहने संघका अध्यक्ष कटक सिजापतिले बताए ।