कर्णाली प्रदेश,हुम्ला
परिचय
हुम्ला जिल्ला नेपालको कर्णाली प्रदेश अन्तर्गत पर्ने एक जिल्ला हो। शाके सन् १३९३ मा मेदनी बर्मा जुम्लाका शासक भएपछि जुम्लाको शासित प्रदेश हुम्लालाई आफ्ना जुवाइँ बलिराज शाहीलाई दिएका थिए। यिनैको वंशजले सन् १७३६ सम्म यस प्रदेशमा शासन गरे। बहादुर शाहको कालमा वि. सं. १८४६ मा जुम्लालाई गोर्खाली फौजले विजय गरेपछि जुम्ला शासित थियो। भक्ति थापाको नेतृत्वमा आएको फौजले यो विद्रोह दवाउनुका साथै तिब्बत सम्मको भू-भागलाई नेपालको प्रशासकीय क्षेत्रको रूपमा मिलाएका थिए। वि. सं. २०१८ सालमा भएको नेपालको राजनीतिक विभाजनमा हुम्ला एउटा स्वतन्त्र जिल्लाको रूपमा स्थापित हुन पुग्यो।
कर्णाली प्रदेश अन्तर्गत पर्ने हुम्ला जिल्ला भौगोलिक हिसाबले नेपालको अति दुर्गम हिमाली क्षेत्र हो । क्षेत्रफलको हिसावले नेपालको दोश्रो ठूलो र जनघनत्वको हिसावले सबभन्दा कम जनघनत्वको दोश्रो श्रेणीमा यो जिल्ला पर्दछ । राष्ट्रिय जनगणना २०७८ को, प्रारम्भिक नतिजा अनुसार कुल जनसङ्ख्या ५५,४९६ जस मध्य पुरुषको सङख्या २७,९८२ र महिलाको सङ्ख्या २७,५१४ रहेको छ। राष्ट्रिय सडक सञ्जालमा जोडिन नसकेको नेपालको एक मात्र यस जिल्लामा उपलब्ध श्रोत साधनलाई प्रभावकारी ढंगले उपयोग गर्न सकिएको खण्डमा यस क्षेत्रको आर्थिक सामाजिक विकासमा महत्वपूर्ण योगदान पुग्ने देखिन्छ । जिल्लाको सदरमुकाम सिमकोट रहेको छ । सदरमुकामलाई तिब्बतको सिमासँग सडक यातायातले जोड्ने प्रयास गरिएको छ भने नेपालको अन्य ठाउँबाट यस जिल्लामा पुग्ने साधन भनेको नेपालगञ्ज सिमकोट तथा सुर्खेत सिमकोटको हवाई मार्ग मात्र हो । जिल्लाको जिविकोपार्जनको प्रमुख आधार खेतिपाती र पशुपालन रहेको छ । बहुमुल्य जडिबुटी‚ कोदो‚ फापर‚ चिनो‚ उवा जिल्लाको प्रमुख बाली हुन् । सडक लगायत अन्य भौतिक पूर्वाधारको विकास गर्न सकिएको खण्डमा पर्यटनको समेत प्रचुर संभावना रहेको छ ।
ऐतिहासिक पृष्ठभूमि
नेपाल राज्यको कर्णाली प्रदेशमा पर्ने हुम्ला जिल्ला एक उच्च संभावना भएको हिमाली जिल्लाको रुपमा चिनिन्छ । यो जिल्ला देशको सुदुर उत्तर पश्चिममा पर्दछ र देशको उत्तरी विन्दु यारी पनि यही पर्दछ । सन् १३९३ मा मेदिनी बर्मा जुम्लाका शासक भएपछि जुम्लाको शासित प्रदेश हुम्लालाई आफ्नो ज्वाँई बलिराज शाहीलाई दिएका थिए । यिनैको वंशजले सन् १७३६ सम्म यस प्रदेशमा शासन गरे । बहादुर शाहको कालमा वि.सं. १८४६ मा जुम्लालाई गोर्खाली फौजले विजय गरेपछि पनि जुम्ला शासित थियो । भक्ति थापाको नेतृत्वमा आएको फौजले यो विद्रोह दवाउनुको साथै तिव्वतको खोजेरसम्मको भू-भागलाई नेपालको प्रशासकीय क्षेत्रको रुपमा मिलाएका थिए । तिब्बतको ताक्लाकोट उत्तर पश्चिममा अत्याधिक रुपमा बसेका नेपालीहरुको स्थितिबाट पनि भक्ति थापाले तिब्बतका अरु भागहरु नेपालमा मिलाएका थिए भन्ने स्पष्ट हुन्छ ।
वि.सं. २०१८ सालमा भएको नेपाल अधिराज्यको राजनैतिक विभाजनमा हुम्ला एउटा स्वतन्त्र जिल्लाको रुपमा स्थापित हुन पुग्यो । यस जिल्लाको नामाकरणको एउटा रोचक प्रसंग रहेको छ । अनगिन्ती हिमश्रृंखलाहरुले भरिएको यो जिल्लाको नामाकरण पनि यसैको सेरोफेरोमा आधारित छ । एक थरीको मत अनुसार यसै जिल्लामा अवस्थित प्रसिद्ध तीर्थस्थल खार्पुनाथमा प्राचीनकालमा कोटी होम लगाएको हुनाले यहीं होम लगाएको अर्थात होम+ला बाट अपभ्रंस भई हुम्ला भएको भन्ने भनाई रहेको छ भने अर्का थरीको भनाई अनुसार हुल्म लङरिंग अर्थात साँगुरो नदीबाट अपभ्रंश भई हुम्ला भएको हो भन्ने भनाई रहेको छ । यसका अतिरिक्त हुण जातिहरुको यहीं बाटो भएर ल्हा भञ्ज्याङ्ग काटेर तिब्ब्त क्षेत्रमा प्रवेश गरेको हुनाले हुण र ल्हाबाट हुम्ला भएको भन्ने पनि भनाई रहेको छ ।
नामाकरण
जिल्लामा अवस्थित प्रसिद्ध तीर्थस्थल खार्पुनाथमा प्राचीनकालमा कोटी होम लगाएको हुनाले यहीं होम लगाएको अर्थात होम+ला बाट अपभ्रंस भई हुम्ला भएको भन्ने भनाई रहेको छ भने अर्का थरीको भनाई अनुसार हुल्म लङरिंग अर्थात साँगुरो नदीबाट अपभं्रस भई हुम्ला भएको हो भन्ने भनाई रहेको छ । यसका अतिरिक्त हुण जातिहरुको यहीं बाटो भएर ल्हा भञ्ज्याङ्ग काटेर तिब्ब्त क्षेत्रमा प्रवेश गरेको हुनाले हुण र ल्हाबाट हुम्ला भएको भन्ने पनि भनाई रहेको छ ।
भौगोलिक अवस्थिति
भौगोलिक अवस्थिति हेर्दा हुम्ला जिल्ला २९º ३५” देखि ३०º ५७” उत्तरी अक्षांश र ८१º १८” देखि ८२º १०” मिनेट पूर्वी देशान्तर सम्म फैलिएको छ । कूल ५,६५५ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको यो जिल्ला डोल्पा पछिको दोश्रो ठूलो क्षेत्रफल भएको जिल्ला हो । हुम्ला समुद्र सतहबाट १,५२४ मिटर देखि ७,३३७ मिटरमा उचाइमा अवस्थित रहेको छ । यस जिल्लाको पूर्वमा मुगु, दक्षिणमा बाजुरा र मुगु, उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत र पश्चिममा बझाङ्ग र चिनको स्वशासित क्षेत्र तिब्बत पर्दछन् । भौगोलिक क्षेत्र र बनौटको हिसावले हेर्दा यस जिल्लालाई उच्च हिमाली क्षेत्र, उच्च पहाडी क्षेत्र र पहाडी तथा नदीको बेसी क्षेत्र गरी ३ भागमा बाँडिएको छ ।
प्रशासनिक हिसावले हेर्दा हुम्ला जिल्ला कर्णाली प्रदेशमा पर्दछ । सात गाउँपालिकामा विभाजित हुम्ला जिल्लामा संघीय निर्वाचन प्रणाली अनुसार एक र प्रदेश निर्वाचन क्षेत्र अन्तर्गत २ वटा निर्वाचन क्षेत्र रहेको छ । यस जिल्लाको सदरमुकाम सिमकोट हो जुन समुद्र सतह देखि २९४५ मिटर उचाईमा अवस्थित छ । हुम्ला जिल्लाको राजनीतिक तथा प्रशासनिक विवरण तलको तालिका मा प्रस्तुत गरिएको छ ।
प्रशासनिक विभाजन
प्रतिनिधिसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या १ रहेको छ भने प्रदेशसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या २ रहेको छ। जिल्लामा ७ स्थानीय तहहरू छन्, जसमध्ये ० नगरपालिका र ७ गाउँपालिका छन्।
स्थानीय तहहरू
स्थानीय तह | वडा सङ्ख्या | केन्द्र | जनसङ्ख्या |
सिमकोट गाउँपालिका | ८ | सिमीकोट | १५,७२७ |
नाम्खा गाउँपालिका | ६ | याल्वाङ | ३,९०० |
खार्पुनाथ गाउँपालिका | ५ | खार्पूनाथ | ६,०११ |
सर्केगाड गाउँपालिका | ८ | सर्केगाड | ९,८६८ |
चंखेली गाउँपालिका | ६ | पिप्लांग | ५,५१७ |
अदानचुली गाउँपालिका | ६ | श्रीनगर | ७,११६ |
ताँजाकोट गाउँपालिका | ५ | ताँजाकोट | ५,९६ |
प्रमुख नदीहरु
कर्णाली, चुवाखोला, गल्फुगाड, गोठी खोला, हनुमानेखोला, कारङ्गखोला, टाक्चीखोला, कवाडीखोला, हिल्दुङ्गखोला, टाकेखोला, कुमुचीयाखोला, लुरुप्याखोला, हेप्काखोला, डोजाम खोला ।
धार्मिक, एतिहासिक एवं पर्यटकीय स्थलहरु
खार्पुनाथ मन्दिर, रिन्चेलिङ्ग गुम्बा, लिमि उपत्यका, रलिङ्ग गुम्बा, याल्वाङ गुम्बा, तिब्बतको मानसरोवर र कैलाश पर्वत पुग्ने प्रमुख मार्ग, कर्णाली जलविहार, पञ्चमुखी, दुधकुण्ड, गोरख खाङ हिमाल (वि.सं. २०७१ बाट खुला गरिएको) , तातोपानी
जलवायु
हिमाली जिल्लाको रुपमा चिनियको हुम्ला जिल्ला पर्यावरणीय क्षेत्र तथा जलवायुको हिसावले हेर्दा पनि उच्च पहाडी, मध्य पहाडी र होचो नदीतट तथा बेंशी क्षेत्र गरी ३ भागमा विभाजन भएको हुँदा यहाँको जलवायुमा पनि सोही अनुसारको भिन्नता पाइन्छ । समुद्र सतहको १५२४ मिटर देखि ७३३७ मिटर सम्मको उचाईमा अवस्थित यस जिल्लामा शितोष्ण, समशितोष्ण र उतोष्ण तीनै किसिमको हावापानी पाइन्छ । यस जिल्लाको अधिकतम तापक्रम, १०º देखि २५º सेल्सियस र न्यूनतम तापक्रम –१०º देखि –२८º सम्म पुग्ने गर्दछ । यस जिल्ला नेपालको सुदुर उत्तर पश्चिम भेगको हिमाली भागमा अवस्थित रहेको हुँदा तुलनात्मक रुपमा यहाँ वर्षा कम हुन्छ । यहाँको वार्षिक औषत वर्षा २५.४ देखि १४६.९ मिमि सम्म भएको पाइन्छ ।
विविधतापूर्ण हावापानी र भू–प्राकृतिक संरचनाका कारणले गर्दा नेपालको अन्य उच्च पहाडी जिल्ला जस्तै यहाँको हावापानी पनि विषम र विविधतापूर्ण रहेको पाइन्छ । उचाईको भिन्नता र पहाडी ढालको उत्तरी तथा दक्षिणी पाटाहरु समेतमा पनि हावापानीमा भिन्नता पाइन्छ र जिल्लाका चारैतिर अग्ला लेक तथा पहाडहरुमा प्रायः बाह्रै महिना हिउँ जमिरहन्छ ।यस जिल्लामा अग्ला हिमाल, पहाड र लेक भएको हुँदा जलश्रोत र पर्यावरणीय विविधतामा धनि रहेको यस क्षेत्रमा बाह्रै महिना हिउँ जमेको हुन्छ भने अन्य उच्च पहाडी भागमा पनि हिउँदको समयमा हिउँ पर्दछ ।
मठ मन्दिर र गुम्वाहरु
यस जिल्लाका २७ वटा गा.वि.स.हरु मध्ये वौद्ध धर्मालम्वीहरुको वसोवास रहेको गा.वि.स. हरुमा लिमि, मुचु, खगालगाँउ, हेप्का, वरगाँउ, सिमकोट, ठेहे गरी ७ वटा गा.वि.स. हरु रहेका छन भने अन्य गा.वि.स. हरुमा क्षेत्री जातीको वाहुल्यता रहेको छ । यस जिल्लामा हिन्दुहरुका प्रचलित मनिदरहरुमा खार्पूनाथ, महादेवल मन्दिर, लवासुर माडु, भगवती माडु आदि रहेका छन भने वौद्ध धर्मालम्वीहरुको गुम्वाहरुमा रलिङ्ग गुम्वा, याल्वाङ्ग गुम्वा, रिझिलिङ्ग गुम्वा आदि प्रमुख रुपमा रहेका छन् ।
मुख्य चाडपर्वहरु
यस जिल्लामा हिन्दु र वौद्ध धर्मालम्वीहरुको वसोवास रहेकोले राष्ट्रिय चाडपर्वहरु दशै, तिहार, माघे संक्रान्ती चैते दशै आदि जस्ता चाडपर्वको साथै स्थानीय चाडपर्वहरु पनि मनाउने प्रचलन रहेको छ । स्थानीय चाडपर्वमा साउने संक्रान्ती, अनन्ते पूर्णिमा (ईन्द्र जात्रा), गौरा पर्व दशै तिहार भन्दा पनि धुमधाम साथ मनाउने गरिन्छ । यस चाडमा स्थानीय देउडा लोक नृत्य महिला र पुरुषको समूह बनाई गाउने तथा नाच्ने गरिन्छ । वौद्ध धर्मालम्वीहरुले लोसार, माने र रलिङ्क पूर्णिमा आदि धुमधाम साथ मनाउने गर्दछन ।
देशको समृद्धिका लागि पनि पर्यटकीय क्षेत्रलाई विश्व सामु पस्किन जरुरी छ।
सङ्कलन: पि.एस. क्षेत्री, स्रोत: गुगल