भक्तपुर । नेकपा एकीकृत समाजवादीका नेता सोमप्रसाद पाण्डेले डेढ खर्बको कुल लागत भएकोे एनसेल कम्पनीको शेयर खरिदबिक्री मात्र ६ अर्बमा भएको देख्दा नेपाल राष्ट्रले आफूलाई हेपिएको महसुस गरेको बताएका छन् ।
रफत सञ्चार क्लबले मंगलबार आयोजित सञ्चार–संवाद कार्यक्रममा नेता पाण्डेले भने, “सरकारी रेकर्ड हेर्दा पनि एनसेलले वार्षिक आम्दानीको ६ अर्ब रुपैयाँ मुनाफाको अंश विदेश लगिएको अवस्थामा मात्र ६ अर्बमा शेयर खरिदबिक्री भएको देख्दा एनसेलले हाम्रो मुलुकलाईे हेपाहा प्रवृत्ति देखाएकै हो, यस्तो व्यवहारकोे उचित कानुनी उपचार खोज्नै पर्दछ ।”
उनले एनसेलको सीधै हेपाहा कदमलाई गठबन्धनको सरकारले अध्ययन र छानविन समिति गठन गरेर उक्त समितिले एउटा निकास दिने र मुलुकलाई कदापि घाटामा लैजाने नदिने र आवश्यक परे एनसेललाई राष्ट्रियकरण गर्न पनि पछि पर्न नहुने विचार व्यक्त गरे ।
पूर्वमन्त्री पाण्डेले जनतामा नयाँ आशा र विश्वास जगाउन भ्रष्टाचार नियन्त्रण गरेर गठबन्धन सरकारले सुशासन कायम गर्ने प्रयत्न गरिरहेको बताए । उनले बहुचर्चित नक्कली भुटानी शरणार्थी, सुनकाण्डलगायत अन्य काण्डहरूमा एकीकृत समाजवादी पार्टीको कुनै संलग्नता नभएको स्पष्ट पार्दै नेता पाण्डेले यस्ता फोहरी काममा एकीकृत समाजवादी पार्टीको संलग्नता नदेखिनु गौरवको विषय भएको उल्लेख गरे ।
“संघीय लोकतान्त्रिक गणन्तन्त्रको कुनै विकल्प नभएको र दुर्गा प्रसाईं जस्ताको स्यालको हुइँया अबका केही दिनमा समाप्त भएर जानेछ”, उनले भने, “नयाँ आएका पार्टीहरूको मुलुकको विकास गर्ने कुनै एजेन्डा नभएको, ती पार्टीहरूको न त सिद्धान्त छ, न जग छ सिर्फ हाहा हुहुको भरमा मात्र नहुने तर पुराना सिद्धान्तवादी पार्टीहरूले पनि मुलुकको समृद्धिका लागि दीर्घकालीन आर्थिक विकासका लक्ष्यहरू हासिल गर्न अर्जुन दृष्टि राख्नुपर्ने तर आर्थिक विकासका लक्ष्यहरू हासिल गर्न सकेन भने ती पुराना पार्टीहरू पनि समाप्तीतिर जाने सम्भावना उत्तिकै छ ।”
नेता पाण्डेले एक प्रश्नको उत्तरमा सरकारले मेलम्चीको पानीे काठमाडौंवासीलाई छिटोभन्दाछिटो खुवाउन पनि आग्रह गरे । यस्तै उनले भौतिक मन्त्रालयबाट निर्माण व्यवसायीहरूको ठेक्काको रकमको भुक्तानी प्रक्रियामा रहेको र यथाशीघ्र उपलब्ध गराउने जानकारी दिए । उपत्यकामा सञ्चालित द्रुत बससेवा स्थानीय निकायसँग समन्वय गरेर सञ्चालन गरेमा प्रभावकारी बन्ने उनको भनाइ रहेको छ ।
संविधानले परिकल्पना गरेको समाजवादको बाटो सिद्ध गर्न नेपालको प्राकृतिक स्रोत साधनको अधिकतम प्रयोग समृद्धितर्फ लाग्नुपर्ने उनको विचार थियो । उनले विगत ११ महिनामा गठबन्धन सरकारले मुलुकको विकासका लागि नीतिगत काम गरेको भएतापनि सरकारले आगामी दिनमा फड्को मार्ने काम गर्नुपर्ने सुझाव दिए ।
पूर्वमन्त्री पाण्डेले आफू उद्योगमन्त्री हुँदा धौवादीस्थित फलाम खानी र मुस्ताङमा रहेको युरेनियमको संरक्षण र संवर्धन गर्न ऐतिहासिक निर्णय गरेको उल्लेख गरे । उनले बैलैमा अपर तामाकोशी जलविद्युत आयोजना बन्न सकेको भए हामीले भारतबाट बिजुली आयात गर्नुपर्ने अवस्था आउँदैन्थ्यो तर यस्ता हुनु नसक्नु हाम्रो दुर्भाग्य भएको बताए ।
आठबीस नगरको १६ औं अधिवेशन आज उद्घाटन
दैलेख । आठबीस नगरपालिका दैलेखको नगर सभाको १६