काठमाडौँ । महिनावारी भएपछि आफन्तले घरभित्र बस्न दिएनन् । देउता रिसाउने र अनर्थ हुने भन्दै उनलाई घरदेखि टाढा रहेको गोठमा राखियो । दैलेखको चामुण्डाविन्द्रासैनीस्थित लैनचौरकी १९ वर्षिया तुलसी शाहीको त्यही छाउगोठमै ज्यान गयो । छाउगोठमा सुतेकी उनलाई सर्पले टोकेको थियो । यो २०७४ असार महिनाको घटना हो । आफन्त र परिवारको दबावमा गोठमा सुत्न बाध्य पारिएकी तुलसीको छाउगोठमा सुतेकै कारण ज्यान गुम्यो ।

सोही वर्ष स्थानीय २४ वर्षिया लालसरा विकको पनि छाउगोठमै मृत्युभयो । उनी पनि महिनावारी भएपछि घरदेखि टाढा रहेको छाउगोठमा सुतेकी थिइन् । आफन्त र परिवारको दबावमा छाउगोठमा सुतेकी उनले पनि आफ्ना ज्यान जोगाउन सकिनन् । अनर्थ हुने र देउता रिसाउँछन् भन्ने अन्धविश्वासका कारण महिनावारीको समयमा घरभित्र बस्न नदिदा उनको प्राण गुम्यो । असुरक्षित छाउगोठमा किशोरी र महिलाको ज्यान जाँदासमेत जिल्लामा छाउगोठमा बस्ने र बसाल्नेक्रम रोकिएको छैन ।

इन्सेकका अनुसार पछिल्लो २५ बर्षयता दैलेखमा १३ जना महिला तथा किशोरीहरुले छाउगोठमै ज्यान गुमाएका छन् । दैलेखमा मात्र होइन, कर्णालीका अधिकांश जिल्लामा अहिले पनि महिनावारी बार्ने प्रचलन कायमै छ । महिनावारी बार्ने नाममा महिला तथा किशोरीहरुलाई अहिले पनि तिनै मान्छे नै निल्ने अर्थात ज्यानमारा छाउगोठमा राख्ने गरिन्छ । जसकोकारण महिला तथा किशोरीहरुले अकालमै ज्यान गुमाउने गरेका छन् । केहीवर्ष अघि सुर्खेतको गुटुमा स्थानीय निर्मला बर्तौलाको छाउगोठमै ज्यान गयो । महिनावारी भएपछि घरदेखि टाढा रहेको छाप्रोमा सुतेकी उनको मध्यरातको चिसोले कठ्याङग्रीएर ज्यान गएको थियो ।

माथि उल्लेखित घटनाहरु पछिल्लो समय कर्णालीमा छाउगोठमै ज्यान गुमाएका प्रतिनिधिमुलक घटना हुन् । अधिकांश घटनाको तथ्याकं नराखिएको र गाउँमै लुकाइने भएकाले पनि अधिकांश यस्ता घटनाहरु बाहिर नआउने गरेको महिला अधिकारकर्मीहरु बताउँछन् । केही समय अघिमात्र सुर्खेतको बराहताल गाउँपालिकामा एक किशोरीमाथि सामुहिक बलात्कार भयो । पीडित किशोरी पनि घरदेखि टाढा रहेको छोगोठमा सुतेकी थिइन् । छाउगोठमा सुतकै कारण ज्यान गुमाउने, बलात्कृत हुने, चिसोले कठ्याङग्रीने, जंगली जनावरको आक्रमणमा पर्ने र सर्पले डस्ने लगायतका समस्याबाट यहाँका महिला तथा किशोरीहरु पीडित भइरहेका छन् ।

जो छाउगोठमै जलिन दैलेखको दुल्लु नगरपालिका–६ छिउडीपुसाकोटकी ४६ बर्षिया बिक केहीदिन अघि छाउगोठमै जलिन् । उनी असार ८ गते छाउगोठमै सुतेकाबेला आगोमा जलेकी हुन् । आगोमा जलेको लामो समयपछि मात्रै उक्त घटना सार्वजनिक भएको हो । महिनावारी हुँदा घरदेखि टाढा रहेको गोठमा बसेकी बसन्तीले किरा भगाउन बालेको आगो उनकै शरिरमा सल्किएको हो । यो समाचार आजको  अन्नपूर्ण पाेस्ट दैनिकमा छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

आठबीसमा पहिलो स्लो बाईक रेस प्रतियोगिता सम्पन्न

दैलेख । आठबीस नगरपालिका वडा नं. ०४ राकम