काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले लुम्बिनी प्रदेशको बर्दियालगायतका जिल्लामा हावाहुरीबाट घाइते भएकाहरूको शीघ्र स्वास्थ्योपचारको व्यवस्था गर्न सम्बन्धित अधिकारीहरूलाई निर्देशन दिएका छन् ।

बर्दियाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला, नेपाल प्रहरीका लुम्बिनी प्रदेश प्रमुख प्रहरी नायव महानिरीक्षक नलप्रसाद उपाध्याय, सशस्त्र प्रहरीका लुम्बिनी प्रदेश प्रमुख नायब महानिरीक्षक कुलबहादुर नेम्वाङ, बर्दियाका प्रहरी प्रमुख र सशस्त्र प्रहरी प्रमुखलाई यथाशीघ्र उपचारका लागि अस्पताल पुर्‍याउने व्यवस्था गर्न निर्देशन दिएका हुन् ।

हावाहुरीका कारण बर्दियाको मधुवन नगरपालिका ७ का १२ वर्षीय अमृत थापाको मुत्यु भएको र घाइते भएका दुई जनालाई गुलरिया अस्पतालमा उपचारपछि थप उपचारका लागि नेपालगन्ज पठाइएको छ । ६ जनाको गुलरियामा उपचार भइरहेको छ । ५ घरमा क्षति भएको बताइएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

आठबीसमा पहिलो स्लो बाईक रेस प्रतियोगिता सम्पन्न

दैलेख । आठबीस नगरपालिका वडा नं. ०४ राकम