काठमाडौं । सुदूरपश्चिम प्रदेशको मौलिक लय, संस्कृति र जीवनशैलीलाई जीवन्त रूपमा प्रस्तुत गर्ने नयाँ देउडा गीत ‘लाली पाउडर लाया जसी’ सार्वजनिक भएको छ । गायक रोशन टमट्टाको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको यो गीतले परम्परागत देउडा भाकामा आधुनिक समाजको कथालाई कलात्मक ढंगले समेटेको छ ।

गीतमा सुमधुर स्वरका धनी गायक रोशन टमट्टा र लोकप्रिय गायिका तथा सर्जक संगीता बडुवालको स्वर रहेको छ । गीतका मार्मिक शब्द र कर्णप्रिय संगीत स्वयं गायिका बडुवालले नै तयार गरेकी हुन् । लोकशैलीमा आधारित रहेर पनि गीतले समसामयिक सन्देश बोकेको छ, जसले यसलाई सबै पुस्ताका स्रोताका लागि आकर्षक बनाएको छ । गीतलाई दीपक संगम बिसीले संगीत संयोजन गरेका छन् ।

गीतको अडियो जस्तै भिडियो पक्ष पनि निकै आकर्षक र जीवन्त बनेको छ । भिडियोमा चर्चित कलाकार दीपक संगम बिसी, निर्देशक तथा मोडल मिराजविक्रम सिंह, गायिका संगीता बडुवाल, हास्य कलाकार हेमराज अधिकारी (खन्ट्या खलास), गणेश जीसी र मीना बडुवालको सशक्त अभिनय देख्न सकिन्छ । कलाकारहरूको जीवन्त अभिनयले गीतको भावलाई थप उचाई दिएको छ ।

मिराजविक्रम सिंहको निर्देशन र नृत्य निर्देशनमा तयार भएको भिडियोलाई अमित बीकेले कुशलतापूर्वक छायांकन तथा रंग संयोजन गरेका छन् भने भिडियोको सम्पादन राजेश बोहराले गरेका छन् । भिडियोमा सुदूरपश्चिमको पहिरन, रहनसहन र प्राकृतिक सौन्दर्यलाई कलात्मक रूपमा देखाइएको छ ।

शैली, लय र प्रस्तुतिकरणका दृष्टिले उत्कृष्ट बनेको यो गीतले देउडागीत प्रेमी दर्शक–स्रोतामाझ छिट्टै लोकप्रियता हासिल गर्ने अपेक्षा गरिएको छ । शब्द, संगीत, स्वर र भिडियो प्रस्तुतिको उत्कृष्ट संयोजनले ‘लाली पाउडर लाया जसी’ लाई एक पूर्ण सांगीतिक कोसेली बनाएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

ओली-पथ: शक्ति छ, संस्कार खै ?

नेकपा एमालेको महाधिवेशन नजिकिँदै गर्दा देशव्यापी रूपमा राजनीतिक