वासिङटन । विदेशबा अमेरिका आउने हवाई यात्रुहरूले अबदेखि कोभिड–१९ परीक्षण नेगेटिभ भएको प्रमाण पेस गर्नु नपर्ने भएको छ । अमेरिकी अधिकारीहरूले मुलुकले कोरोना भाइरसविरुद्धको युद्धमा उल्लेखनीय प्रगति हासिल गरेकाले कोरोना नेगेटिभ प्रमाण पेस गर्नुपर्ने नियम हटाइएको जानकारी दिएका छन् ।

भ्रमण उद्योगले यो नीतिको अन्त्यका लागि सरकारमाथि निरन्तर दबाब दिँदै आएको थियो । भ्रमण व्यवसायीहरूले यस नीतिका कारण परिवारहरू विदेशमा अलपत्र पर्ने डरले हवाई टिकट बुकिङ गर्न मानिस डराउने गरेको समस्या स्पष्ट पारेका थिए ।

आइतबार देखि यो नयाँ नियम लागू हुने भएको छ । अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र ९सीडीसी०ले यस नयाँ नीतिको आगामी नब्बे दिनसम्म पुनर्मूल्याङ्कन गर्ने भएको छ । तर, नयाँ कोरोना भेरियन्टहरू देखा परेर प्रतिकूल स्थिति सिर्जना भए तत्कालै पुरानो नीति अवलम्बन गर्नु आवश्यक रहेको अमेरिकी अधिकारीहरूको विश्वास रहेको सीडीसीले जनाएको छ । कोरोना महामारीको कारण विश्वमै अमेरिकाले सबैभन्दा बढी मानवीय क्षति बेहोर्नु परेको थियो । बीबीसी

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

आठबीसमा पहिलो स्लो बाईक रेस प्रतियोगिता सम्पन्न

दैलेख । आठबीस नगरपालिका वडा नं. ०४ राकम