काठमाडौँ। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने भएका छन् ।
प्रधानमन्त्री देउवाले आउँदो जेठ २ गते बुद्धजयन्तीको अवसर पारेर विमानस्थल उद्घाटन गर्न लागेका हुन् । सोही दिनदेखि कुवेतको जजिरा एयरवेजले नियमित अन्तर्राष्ट्रिय उडान गर्नेछ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएको ७४ वर्षपछि मात्रै अर्को अन्तर्राष्ट्रिय विमानस्थल थपिएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले जेठ २ गते बिहान प्रधानमन्त्री देउवाले विमानस्थलको उद्घाटन गर्ने जानकारी दिए ।
